भद्रपुर १६ असार । झापा जिल्ला अदालतमा १० जना मेलमिलापकर्ता थपिएका छन् । अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले सोमबार एक कार्यक्रमका बीच थपिएका मेलमिलापकर्तालाई सपथ गराएका हुन् ।
विवाद समाधानको वैकल्पिक र दिगो उपाय मेलमिलाप भएकोले न्याय सम्पादनमा मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राखिएको हुँदा सूचीकृत मेलमिलापकर्ताले अनुशासन र इमान्दारीका साथ मेलमिलाप प्रक्रिया सञ्चालन गरेमा विवाद समाधानमा मेलमिलापको महत्व अझ झल्कने प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो। सोमबार सूचीकृत भएपछि इमान्दारी र अनुशासन पूर्वक कार्यसम्पादन गर्नुहुन्छ भन्ने अदालतले अपेक्षा लिएको प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो।
झापाका बिभिन्न स्थानीय निकायबाट आज सपथ लिएका मेलमिलाप कर्ता मध्ये परमानन्द मिश्रले अनुशासन पूर्वक कार्य गर्ने छौ भनी मेलमिलापकर्ताहरुको तर्फबाट प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यकमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखाअधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।
आज मेलमिलापकर्तालाई सपथ गराएपछि सुचिकृत संख्या जम्मा ४५ जना पुगेको छ। साथै ८ जना न्यायाधीश कार्यरत रहेको अदालतमा मुद्धाका पक्ष हरु बीचमा जित जित ९धष्ल(धष्ल० को लागि मेलमिलापमा केन्द्रमा मुद्दा पठाई सूचिकृत मेलमिलापकर्ताहरुबाट मेलमिलाप गराउने गरिएको छ। साथै स्वचालित ९ब्गतयmबतष्यल० पेशी प्रणाली र इजलास छनौटमा गोला पद्धति लागु भै सकेको छ
जिल्ला अदालत झापामा थपिए १० जना मेलमिलापकर्ता

































































































