Homeसमाचारसामाजिक व्यक्तित्व गिरीद्वारा सञ्चार गृहको कोषमा सहयोग, करोड पुर्याउन सुझाव

सामाजिक व्यक्तित्व गिरीद्वारा सञ्चार गृहको कोषमा सहयोग, करोड पुर्याउन सुझाव

बिर्तामोड १६ असार । कुनै पनि संघ संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि कम्तिमा एककरोड रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्ने जोड दिंदै आउनु भएका सामाजिक अभियान्ता सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीले नारी सञ्चार गृहको नारी सञ्चार प्रोत्साहन बहुउद्देश्यीय अक्षयकोषमा एकलाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
एकमुष्ठ ५० लाख अक्षयकोषमा राखेको सञ्चार गृहको एककरोड पुर्याउनका लागि उत्प्रेरित गर्दै गिरीले सोमबार एकलाख रुपैयाँ प्रदान गर्नुभएको हो । कोषमा रकम प्रदान गर्दै गिरीले भन्नुभयो, ‘यो सहयोग करोड पुर्याउन लागि माइल स्टोन होस् ।’ सञ्चार गृहको कोषलाई करोड पुर्याउन सुझाव दिंदै गिरीले गत बैशाख २७ गते सहारा नेपालको सभाहलमा आयोजित एक कार्यक्रमका बीच आफ्नो तर्फबाट एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
जन्मोत्सवको अवसरमा वर्षेनी केही न केही रचनात्मक कार्य गर्दै आउनु भएका गिरीले जन्मोत्सवलाई सम्झिएर अग्रिम सहयोग गर्नुभएको बताइएको छ । कोषलाई करोड पुर्याउनका लागि प्रेरित गर्दै गिरीले सहयोगको घोषणा गरेसंग सहयोग जुट्ने क्रम निरन्तर जारी छ । सो पश्चात हालसम्ममा सभादुईलाख बढी रकम संकलन भइसकेको कोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो ।
२०७५ सालमा २५ लाखको प्रारम्भिक लक्ष्य राखेर शुरु गरिएको अक्षयकोषमा विभिन्न दाता महानुभावहरुबाट सहयोग जुट्ने र लक्ष्यमा पुग्नै लाग्दा अझ अघि बढ्न शुभेच्छुकहरुको सुझाव र सहयोगले दोस्रो पटक २०८० सालमा प्रारम्भिक लक्ष्यलाई दोब्बर बनाउँदै कोषमा ५० लाख पुर्याउने संकल्प गरिएको थियो । २०८१ साल चैत मसान्तमा उक्त लक्ष्य पुरा भएसंगै २०८२ बैशाख पहिलो साता ५० लाख पाँच हजार पाँचसय ५५ रुपैया एकमुष्ठ अक्षयकोषमा राखिएको छ । त्यस पश्चात गृहले जेठ २५ एक औपचारिक कार्यक्रमको आयोजना गरी कोष घोषणा गरिएको थियो । तर, कोष घोषणा गर्नु पूर्व नै एककरोडको कोष बनाउन प्रेरित गर्दै दाता महानुभावहरुले प्रेरित गर्दै कोषमा निरन्तर सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो ।
सहारा नेपालका प्रबन्ध निर्देशक समेत रहनु भएका गिरीबाट सोमबार प्राप्त एकलाखसहित अन्य दाताहरूबाट दुईलाख १३ हजार अक्षयकोषमा जम्मा भैसकेको छ भने पूर्वघोषित २० हजार रूपैयाँ संकलनकै क्रममा रहेको कोषाध्यक्ष स्वस्तिका आचार्यले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामाजिक व्यक्तित्व गिरीद्वारा सञ्चार गृहको कोषमा सहयोग, करोड पुर्याउन सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img