Homeसमाचारधान दिवस र दही चिउराको महत्व

धान दिवस र दही चिउराको महत्व

छुपुमा छुपु खेत है रोप्नु हातको बीउ छउँन्जेल।
जे खानु खाइयो जे लाउनु लाइयो बाबाको ज्यु छउँन्जेल ।
असारै १५ मा दही च्युरा खाउला, साउने १५ खिर ।
घरमा छैन शितलु वचन ,मनमा छैन थिर ।

असार १५ को महत्व :
‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मानिर्भर र समृद्धी’ भन्ने यस वर्षको नारालाई सार्थकता प्रदान गरौ , १८ औं धान दिवस तथा असार १५ को सबैमा हार्दिक शुभकामना ।
सनातन कालदेखि नै नेपालमा असार १५ लाई बडो महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । कहिले देखि यो परम्परा रहन गयो भन्ने त्यस्तो तथ्य नभए पनि यो सनातन परापूर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिने गरिन्छ ।
संयुक्त राष्ट्र संघले सन २००४ मा धान दिवस मनाउने प्रस्ताव ल्याए पछि सन २००४ देखि असार १५ लाई धान दिवशको रुपमा मनाउने गरिन्छ । यो दिवस विस्वभर नै मनाउने गरिन्छ । आज भन्दा १७ वर्ष अघि सम्म असार १५ एउटा पर्वको रुपमा मात्र मनाउदै आइएको थियो । यो कृषि पेशा गर्ने , नगर्ने सबैले गच्छे अनुसार दही चिउरा केरा आँप, कटहर अन्य गुलिया फलफुल आदिको व्यवस्था मिलाइ घरका सबै परिवार बसेर यो पर्व एउटा पारिवारिक वातवरणमा मनाइने गरिदै आइएको छ ,त्यो क्रम आजसम्म चलिआएको छ। खास गरि भुमिरात्रीको दिन भूमी पुजा गर्ने त्यस दिन खनजोत नगर्ने र असार १५ गतेबाट हुने सक्नेले नौमती बाजा गाजा सहित असारे गीत गाउँदै धान रोप्ने चलन पुरानै रितिथिती हो । विचमा यो चलन अलिक लोप हुन लागे पनि अहिले आएर यो चलन पुनस् चल्त्तिमा आएको पाइन्छ ।यसरी नौमती बाजा बजाएर धान रोप्ने चलन लाई बेठी भनिन्छ । सुरिलो भाकामा
रोप न रोप रोपारै नानी म पँज्याई दिउलाँ बीऊ ,
हलिलाई दिउँला एकराते दही बाउसेलाइ दिउँला घिउ।
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा ।
बुबालाइ भनी दोप्परे ल्याए सेलायो आलिमा ।

जस्ता लोक भाकामा रोपार बाउसे गीत गाउँदै हिलो थकाइलाई पनि मनोरञ्जन गर्दै धान रोप्ने चलन छ ।रोपाँइदेखि दाँई सम्मका भाका हाली दोहोरी कृषि गीत हरु गाउने , रोपाँइ गर्दै गर्दा दोप्परे खाजा आलिमा बसि खाने र रोपाँइ सकेर खानाहरु खाने गरिन्छ । असारे गीत हरु चाहिँ भूगोल अनुसार आ (आफ्ना भाकामा गाइन्छ । धानको बीउकाड्नेलाई व्याडे ,कोदाली बोकेर छेउ कुना मिलाउनेलाई बाउसे र हलो जोत्ने र दाँदे लगाउने सम्याउने, साउनेलाई हलि भन्ने गरिन्छ । हातमा बीउ लीएर रोप्नेलाई रोपार भनेर चिनिन्छ ।
यसरी मनाउदै आइएको पर्व विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ आज असार १५ मा १८ औँ राष्ट्रिय धान दिवस मनाइदै छ । आजको दिन प्रत्येक जिल्लाहरूले धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् । यसरी संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउन सन २००४ मा प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो र यसैलाई आधार मानेर नेपालमा पनि राष्ट्रिय पर्वकै रुपमा मनाउन थालिएको हो ।
नेपाली संस्कृति अनुसार असार १५ मा दह चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरू धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ । आफ्ना ग्राहकहरुको लागि डेरी व्यवसायीहरूले एक हप्तादेखि जोहो गरेर दहि जमाउने राख्ने गर्दछन् ।
आफ्नो परम्परा धान्न भए पनि अरु बेला खासै दही नखाने वा दहीको चासो नलिनेले पनि यस दिन दही खाने गर्दछन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन् । यस दिन बढी खपत भएपछि बजारमा बेलुका पख दही अभाव हुन्छ ।
गाउँघरमा जताततै सबैले घर घरमा दही चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले पनि सहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन् । यस दिन सहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दूध किनेर दही आफैँ जमाएर भोलि पल्ट दही चिउरा खाने चलन छ ।
आजभोलि यस दिनमा राष्ट्रियस्तरका कार्यक्रमहरू गरेर यसको महत्व बढाउने गरिदै आएको पाइन्छ ।
आजभोलि विद्यालयका विद्यार्थीहरुलाई पनि दही चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने मा विस्वास गरिएको छ ।
वास्तवमा हाम्रो देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतिले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरू ठुला–ठुला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृति बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ । अझ झन् हाम्रो जस्तो कृषि प्रधान देशमा यसको हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ । नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाइमा धान खेती हुन्छ । कुल ११८ जातका धान नेपालमा पाइन्छ । असार १५ कहिले देखि मनाइयो वा धान दिवश कतिपल्ट मनाइयो भन्नेले खास अर्थ राख्दैन तर
उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्त्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकीकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाइँदैन कृषि आधुनिकिकरण गर्न नसक्दा कृषि पेशा गरिबले गर्ने अशिक्षित नपढेको व्यक्तिले गर्ने सँज्ञा भएको छ ।
हाम्रो देशलाई ‘कृषिप्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन हामी सबै जना लागौँ । कृषि अझै उचाई दिन आधुनिकिकरण गर्दै वास्तविक किसानलाई उत्प्रेरणा हुने कार्यमा सबै लागि पर्नुपर्छ ।
जय किसान जय कृषि प्रधान देश ।
चेतना, नेपाल

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधान दिवस र दही चिउराको महत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img