Homeसमाचारदोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड

दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड

बिर्तामोड १४ असार । झापाको बिर्तामोडमा आयोजित दोस्रो संस्करणको स्वास्थ्य पर्यटन मार्ट–२०८२ मा कोशी प्रदेश स्वास्थ्य पर्यटनका लागि प्रचुर सम्भावना भएको बताइएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा शनिबार झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा भएको दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ मा कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउने विषयमा जोड दिइएको हो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले कोशी प्रदेशको समृद्धिका लागि पर्यटन नै एक मात्र विकल्प भएको बताएका हुन् । उनले भने, ‘हामी पर्यटन प्रवद्र्धनबाट कोशी प्रदेशको समृद्धि हुन्छ भन्ने कुरामा विश्वास राख्छौं र यसै अनुसार अघि बढिरहेका छौं ।’
कोशी सरकार प्रकृति, संस्कृति र पर्यटनलाई मुल आधार बनाएर अघि बढिरहेको बताउँदै मन्त्री मण्डलले थपे, ‘भारतबाट उपचारका लागि आउनेहरुका लागि कुनै समस्या आउन नदिनका लागि सरकार प्रतिबद्ध छ । हामीसँग भएका कमीकमजोरी सुधार गर्न सरकार तत्पर छ । भारतको ठूलो जनसंख्याको लाभ नेपालले लिन सक्नुपर्छ। यसका लागि हामी काम‌ गरिरहेका छौं ।’
चिकित्सा उपचार मात्र नभएर आयुर्वेदिक उपचारका लागि पनि नेपाल उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले थपे, ‘कयौं विरामीहरु यहाँको वातावरण र हावापानीले नै निको हुन्छ। ‌ स्वास्थ्य पर्यटन प्रबद्र्धन र सेवा विस्तारका लागि कोशी सरकार तत्पर छ । उपचारका लागि आउने भारतीयहरुले पाँच लाखसम्म ल्याउन मिल्ने गरी व्यवस्था गरिरहेका छौं ।’
त्यसैगरी पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटन नयाँ क्षेत्र भएकाले यसमा हामी थप नीतिगत सुधार गर्दै पर्यटन प्रबर्द्धन गर्न लाग्‍नुपर्ने बताएका छन् । उनले भने, ‘हाम्रा पूर्वधार र गुणस्तरलाई मार्केटिङ गर्दै कोशी प्रदेशको स्वास्थ्य पर्यटन प्रबर्द्धन गर्न सरकारी तथा नीजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्नेछ । नेपालको वातावरण र हाम्रा हिमालहरु हेरेर नै धेरै रोगहरु हिलिङक गर्न सकिन्छ । यसका लागि ठूलो जनसंख्या भएको भारतमा हामीले विश्‍वसनीयताको वातावरण सिर्जना गर्नुपर्दछ ।’


मार्टमा नेत्र, दन्त, छालालगायत विशेषज्ञ सेवा दिने अस्पताल, आयुर्वेद औषधालय, होटल व्यवसायी र पर्यटन व्यवसायी गरी ४८ स्टलहरुमार्फत् कोशी प्रदेशको स्वास्थ्य पर्यटनको प्रदर्शनी राखिएको थियो । सोही क्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनीसमेत गरिएको छ ।
स्वास्थ्य पर्यटनको सम्भावना र आवश्यकतामाथि बहस गर्न मार्ट अन्तर्गत दुईवटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो सत्रमा ‘स्वास्थ्य पर्यटन’ को अवस्था, सम्भावना र चुनौतीका विषयमा छलफल गरिएको थियो । जसमा आँखा रोग विशेषज्ञ डा. अजितकुमार ठाकुर, क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार शर्मा, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनाल, इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनका महासिव देवाशिष चक्रवर्तीले स्वास्थ्य सेवा र पर्यटनको संयुक्त प्रवर्द्धनबारे आफ्नो धारणा प्रस्तुत गरे।
त्यसैगरी बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मध्यस्थता गरेको ‘सीमापार पर्यटन’ शीर्षकको छलफलमा नेपाल कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ, नाटा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, एचएचटीडीएनका महासचिव सम्राट सिग्देल विज्ञको रुपमा सहभागी भएका थिए । जसमा सीमा पार पर्यटनका अवसर, नीतिगत सुधारका आवश्यकता, पूर्वाधार विकास र सहकार्यका सम्भावनाहरूबारे विज्ञहरुले आफ्नो धारणा राखेका थिए ।
यसै क्रममा नेपालका पर्यटन व्यवसायीहरू र भारतबाट आएका प्रतिनिधिहरूबीच बीटुबी बैठकसमेत आयोजना गरिएको थियो । जसमा दुबै पक्षबीच स्वास्थ्य पर्यटनका साझा योजना, सम्भावित लगानी र सहकार्यबारे सकारात्मक संवाद भएको बोर्डले जानकारी गराएको छ ।
स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मी, पर्यटन व्यवसायी, मिडिया प्रतिनिधि, र सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्‍न यस कार्यक्रममा भारतबाट २० भन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो। भारतसँगको सीमा नजिकको भौगोलिक र सामाजिक सम्बन्धलाई उपयोग गर्दै नेपालको स्वास्थ्य पर्यटनलाई विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यो मार्ट सफल र प्रभावकारी रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटन नेपालको आगामी आर्थिक विकासको रणनीतिक मार्ग बन्न सक्ने उल्लेख गर्दै निजी र सार्वजनिक क्षेत्रको सहकार्य अझ बलियो बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img