बिर्तामोड १४ असार। नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन ‘अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ।
सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा साहित्यकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव आचार्य र शारदा आचार्यले २१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी र अक्षयकोष बृद्वि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठलाई विर्तामोड ३ स्थित आफनै निवासमा आचार्य दम्पतीले सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
सञ्चार गृहले बैशाख महिनाको पहिलो साता नै दाता महानुभावहरुको सहयोगबाट ५० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँको एकमुष्ठ अक्षयकोष राखिसकेकाे छ । साे पश्चात् दातामहानुभावहरूले नै काेषलाई कराेड पुर्याउनु पर्ने सुझावसहित प्राेत्साहन गर्दै सहयाेग जुट्ने क्रम निरन्तरता जारी छ । साेही निरन्तरता स्वरूप सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीले एकलाख रूपैयाँ दिने घाेषणा गर्नु भएकाे छ भने कोषमा सामाजिक अभियन्ता खगेन्द्र/ गिता इंङनामले १० हजार, संस्थाकी सदस्य मनिषा चौलागाईले १० हजार , कार्य समिति सदस्य भारती राईले ५ हजार पाँचसय, कोषाध्यक्ष स्वस्तिका आचार्यले ५ हजार एक सय ,सुरेस अग्रवाल (भद्रपुरे)ले २१ हजार, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्याैपानेले ११ हजार, बुद्वशान्ति १ हाेक्से निवासी आयुस-आराेही रिजालले ७ हजार पाँचसय, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले ५ हजार पाँचसय, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले ५ हजार, मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले ५ हजार नगद प्रदान गर्नु भएको छ। संस्थाले गत जेठ २६ गते सम्मानीय पूर्व राष्ट्रपति विधा देवी भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ५० लाख रूपैयाँको कोष घोषणा समेत गरिसकेको छ ।
त्यसयता काेषमा १ लाख बढी संकलन भइसकेकाे छ भने पूर्व घाेषित एकलाख २० हजार रकमसहित दुईलाख २६ हजार छ सय रुपैयाँ रकमकाे आधार बनिसकेकाे कोषकी संयोजक जोस्ना श्रेष्ठले जानकारी दिईन्।
सञ्चार गृहकाे काेषमा निरन्तर सहयाेग जुट्दै, आचार्य दम्पतीद्वारा २१ हजार प्रदान

































































































