Homeसमाचारआचार्यको नेतृत्वमा नारी सञ्चार गृहको नयाँ नेतृत्व चयन

आचार्यको नेतृत्वमा नारी सञ्चार गृहको नयाँ नेतृत्व चयन

बिर्तामोड ११ असार । महिला पत्रकारहरुको दक्षता क्षमता अभिबृद्धिका साथै महिला सशक्तिकरणका लागि काम गर्दै आएको झापाका महिला पत्रकारहरुको साझा संस्था झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृह झापाको पाँचौं जिल्ला अधिवेशनबाट स्वस्तिका आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत चयन भएका छन् ।
पदाधिकारीसहित १३ सदस्यीय कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन भएको निर्वाचन समितिका संयोजक सावित्रा दाहालले जानकारी दिइन । निर्वाचन सम्पन्न गराउन दाहालको नेतृत्वमा कोपिला बस्नेत र पुष्पञ्जली सिंहा सदस्य रहेको निर्वाचन समिति रहेको थियो ।
यसअघि संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, संस्थापक अध्यक्ष सावित्रा दाहाल, संस्थापक सदस्य भवानी क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव माया मितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा संस्थाको २६ महिनासम्म सञ्चालन गरेका संस्थागत प्रतिवेदन जोस्ना श्रेष्ठ र आर्थिक प्रतिवेदन स्वस्तिका आचार्यले प्रस्तुत गरेका थिए भने स्वागत कार्यसमिति सदस्य विनिशा गौतमले गरेकी थिइन् ।
संस्थाको संस्थापक अध्यक्ष सावित्रा दाहाल हुन् भने त्यसपछि दाहाल, अम्बिका भण्डारी, भीमा शिवाकोटी अध्यक्ष बनेका थिए । हालकी अध्यक्ष रेजिना गौतम थिइन् ।
संस्थाले सयसैबीच, संस्थाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको छ । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआचार्यको नेतृत्वमा नारी सञ्चार गृहको नयाँ नेतृत्व चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img