Homeसमाचारत्रिदेव क्याम्पसमा निः शुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

त्रिदेव क्याम्पसमा निः शुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

बिर्तामोड ९ असार । त्रिदेव बहुमुखी क्याम्पसको आयोजना र मेचीनगर नगरपालिका वार्ड नं १३ को आर्थिक सहयोगमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको मेचीनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले मानव जनशक्तिको विकास र सक्षमताले मात्रै समग्र विकास सम्भव हुने बताउनु भयो । मानव जनशक्ति विकासमा जोड दिनुपर्ने र त्यसका लागि त्रिदेव जस्ता शैक्षिक संस्थाहरुले समेत पाठ्यक्रमका अतिरिक्त अन्य विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिका वडा नम्बर १३ लाई उद्यमशीलता र उत्पादनसँग जोड्ने एउटा नमुना वर्डाको रुपमा विकास गर्दै जाने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त शिविर कार्यक्रममा विषयविज्ञको रुपमा आयुर्वेद चिकित्सक राम अयोध्या शाहले आयुर्वेद चिकित्साको महत्व र उपयोगिता बारेमा चर्चा गर्नुभएको थियो। शाहले शिविरमा सहभागी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले कार्यक्रमको औचित्यसहित स्वागत राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्राध्यापक सावित्राले गर्नुभएको थियो। उक्त कार्यक्रममा क्याम्पस सल्लाहकार समितिका संयोजक सन्तोष न्यौपाने, सल्लाहकार सदस्य सरद शिवाकोटी क्याम्पस सञ्चालक समितिका उपाध्यक्षद्वय टेकनाथ उप्रेती, राम प्याकुरेल लगायत क्याम्पस सञ्चालक समितिका सदस्यहरू, लेखा समितिका संयोजक मोहन अधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ईश्वर रिजाल लगायत स्ववियु पदाधिकारी तथा सदस्य र अनेरास्वबियू त्रिदेव एकाइ अध्यक्ष कैलाश रेग्मी, नेविसंघ त्रिदेव एकाइ सभापति मनिष विश्वकर्मा लगायत प्राध्यापक, कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो। शिविरमा १५० भन्दा बढी बिरामीहरूलाई स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारत्रिदेव क्याम्पसमा निः शुल्क आयुर्वेदिक स्वास्थ्य शिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img