HomeFeatured 2ट्राफिक सप्ताह सकियो, १२ हजार जनालाई ट्राफिक शिक्षा

ट्राफिक सप्ताह सकियो, १२ हजार जनालाई ट्राफिक शिक्षा

बिर्तामोड १२ असार । सडक दुर्घटना कम गर्ने मुख्य उद्देश्यले शुरु भएको ट्राफिक सप्ताह सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा भएको ट्राफिक सप्ताह झापामा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा गत असार ६ गतेदेखि शुरु भएको ट्राफिक सप्ताह आज समापन गरिएको ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनका अनुसार ट्राफिक सप्ताह अवधिमा झण्डै १० हजार जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको छ । यो अवधिमा ट्राफिक नियमको पालना गरी सवारी चलाउने २ जना चालकहरुलाई सम्मान , विद्यालयस्तरमा निबन्ध लेखन प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसबाट ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धि जानकारी गराइएको थियो ।
गत असार ६ गते बिर्तामोडमा प्रभातफेरीसहित शुरु भएको सप्ताहको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन भने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन सत्रका दिन सचेतना शिक्षासहित सवारीमा स्टिकर टाँस गरिएको थियो । सोही दिन झापाका १५ ठाउँमा चेकपोष्ट बनाई सवारी चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
सप्ताहकै अवसर पारेर सायरी मुक्त सवारी अनुगमन गरिएको थियो । जिल्लाका २३ स्थानमा दोस्रो दिन गरिएको अनुगमनबाट ५ सय बढी लाभान्वित भएका थिए । त्यस्तै विना प्रतिष्पर्धा सवारी चलाउन दिइएको प्रशिक्षणबाट २५० जना सवारी चालक लाभान्वित भएका हुन् । १५ ठाउँमा ट्राफिक प्रहरीले यस्तो प्रशिक्षण दिएको थियो ।
त्यस्तै सवारीको अगाडि राखिएका झलर तथा अशोभनिय तस्बीर समेत हटाउने कार्य ट्राफिक प्रहरीले सप्ताहको दोस्रो दिन गरेको छ । ट्राफिक सप्ताहको दोस्रो दिन मात्रै एक हजार ४० जना लाभान्वित भएका छन् ।
ट्राफिक सप्ताहको तेस्रो दिन तीन पाङ्ग्रे अटो र इ रिक्साको चेकजाँच तथा चालकलाई प्रशिक्षण प्रदान गरिएको थियो । जसबाट एक हजार बढी सवारी चालकलाई प्रशिक्षण प्रदान गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । ट्राफिक सप्ताहको चौथो दिन दुई पाग्रे सवारी साधनको चेकजाँच तथा चालकलाई प्रशिक्षण प्रदान गरिएको थियो । सोही दिन मादक पदार्थ सेवन गरेर सवारी नचलाउने सम्बन्धि प्रशिक्षण प्रदान गरियो भने स्वरुप परिर्वतन गरेर सवारी सञ्चालन गर्नेलाई हुने कानूनी कारवाहीबारे जानकारी दिइएको बताइएको छ ।
सप्ताहको पाँचौ दिन सडक लेन अनुशासन कायम गराउन प्रशिक्षण प्रदान गरिएको थियो । सोही दिन आकस्मिक सवारी साधनलाई कसरी प्राथमिकता दिने भन्ने विषयमा जानकारी दिनुका साथै स्कूल बस चालक तथा विद्यालयका प्रिन्सिपल, सञ्चालक प्याब्सन÷एन प्याब्सनका प्रतिनिधिहरुसंग छलफल र अन्तरक्रिया आयोजना गरिएको थियो । सो क्रममा एक हजार चारसय २३ जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी स्थानीय संघ सस्थाका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीतामा कार्यक्रम समापन गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ट्राफिक सप्ताह सकियो, १२ हजार जनालाई ट्राफिक शिक्षा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img