HomeFeatured 2नेवा : पासा मुना पुच: द्वारा आयोजित धिमे बाजा प्रशिक्षण सम्पन्न

नेवा : पासा मुना पुच: द्वारा आयोजित धिमे बाजा प्रशिक्षण सम्पन्न

असार ७, शनिवार । बिर्तामोडमा नेवार समुदायको मौलिक बाजा’ धिमे ‘ प्रशिक्षण सम्पन्न भएको छ ।
नेवा: संस्था नेवा: पासा मुना पुच: बिर्तामोडको आयोजनामा बिर्तामोड ४ नेवा: छे भवनमा महिना दिन अघि देखि विधिवत रूपमा उदघाटन गरी शुरुवात गरिएको “धिमे बाजा’ प्रशिक्षण आज सम्पन्न भएको हो ।
पासा मुना पुच: बिर्तामोडले हरेक बर्ष आयोजना गर्दै ” धिमे बाजा ‘ प्रशिक्षणमा यस पटक मिश्रित समुदायका आठ जना किशोरीहरूले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशिक्षक प्रविण शाक्यले महिना दिन सम्म सहजीकरण गर्नु भएको प्रशिक्षार्थीहरु निभा श्रेष्ठ,उर्मिला प्रधान ,पिपला लिम्बु,श्रेया पराजुली , प्रियंका श्रेष्ठ ,विधाता श्रेष्ठ ,नुमा लिम्वु र सिर्जना मानन्धर लगायतले कार्यक्रममा धिमे बाजा बजाएर उत्कृष्ट प्रस्तुति देखाएका थिए ।
नेवा:पासा मुना पुच: बिर्तामोड अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले सिमित स्रोत र साधनमा पासा मुना पुच:ले भाषा र संस्कृति संरक्षण गर्ने उद्धेश्यले बिर्तामोड नगरमा संचालन गर्दै आएको लाखे नाच प्रदर्शन,फुड फेस्टिवल जस्ता गतिविधिहरू प्रशंसा योग्य भएको चर्चा गर्दै यस्ता खाले अभ्यासलाई निरन्तरता दिइरहन सुझाव दिनु भयो । यसैगरी बाहुनडाँगी नेवा: खल पुच: अध्यक्ष महेन्द्र मल्ल,बि एन्ड सी अस्पतालका डाक्टर राजु श्रेष्ठ, बिर्तामोड उधोग बाणिज्य संघ अध्यक्ष राजु न्यौपाने लगायतले ”संस्कार सबैको साझा हो ,यसले मित्रता सगै आत्मीय बढाउने धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो।
तालिमका सहभागीहरुलाई अतिथि तथा प्रमुख अतिथिको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो भने संस्कार र संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु हुने लाखे संरक्षक लक्ष्मी श्रेष्ठ, प्रशिक्षक प्रविण शाक्यलाई संस्थाले कदर पत्रले सम्मान गरेको थियो।
आकर्षक नेवारी नृत्य ,मेनडोलियन धुन प्रस्तुत गरिएका उक्त कार्यक्रममा बिर्तामोड नगरभित्र कार्यरत नेवा: समुदायका चिकित्सकहरु, ईलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख,संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकार , जनप्रतिनिधिहरू भातृ संस्था गवाली पुच: अध्यक्ष, मिसा पुच: का पदाधिकारीहरु जिल्ला स्थित आठ वटा खल पुच:झिगु समाज दमक, नेवा: समाज काँकडभिट्टा, नेवा: समाज धुलावारी , बुद्ध शान्ति, नेवा: समाज गुठी भद्रपुर र पृथ्वीनगरका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
संस्थाकी कोषाध्यक्ष शर्मिला शाक्यले स्वागत तथा औचित्य माथि प्रकाश गवाली पुच:का संस्थापक अध्यक्ष प्रमेश हलुवाईले पार्नु भएको उक्त कार्यक्रमको संचालन नेवा: मिसा पुच: अध्यक्ष निलम प्रधानले गर्नु भएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेवा : पासा मुना पुच: द्वारा आयोजित धिमे बाजा प्रशिक्षण सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img