Homeसमाचारआत्मसुरक्षा सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न

आत्मसुरक्षा सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न

बिर्तामोड ६ असार । बिर्तामोड नगरपालिका वडा नं. ४ को आर्थिक सहयोग र महिला मुक्ति अभियान झापाको आयोजना किशोरी लक्षित आत्मसुरक्षाको निम्ति एकदिने लैङ्गिक हिंसा तथा यौनजन्य हिंसा हिंसा सम्बन्धी कानूनी प्रावधान सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिका वडा नं.–४ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राहुल शर्माले आफैंभित्र समस्या राखेर समाधान नहुने बताउँदै समस्याको समाधानका लागि कानूनी उपचार खोज्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, गोमेन्द्र्र बहुमुखी क्याम्पसका सञ्चालक डा. रुपक खनाल, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव देवका भट्टराईको सञ्चालन, उपाध्यक्ष अनिता पुरीको स्वागत तथा निवर्तमान सचिव विनिता तामाङले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण हेमकला कट्टेलले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआत्मसुरक्षा सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img