भद्रपुर २ असार । झापाको भद्रपुर नगरपालिका भित्र रहेका विकास निर्माणका कार्यहरुमा सुस्त तथा गुणस्तरहिन भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।
नगरपालिकाद्वारा चन्द्रगढीमा सोमबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनको गुणस्तर सुधार नभएको पानी चुहुने गरेको र गुणस्तरहिन सामग्री प्रयोग गरिएको, अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला (जीपी) सभागृह निर्माण कार्य पूरा गर्न पहल नगरिएको, १५ बर्षदेखि निर्माण सम्पन्न भद्रपुरको शीत भण्डार कार्यन्वयनको अवस्थामा नआउदा समेत नगरपालिकाले चासो नदेखाएको लगायतका प्रश्न उठाएका हुन् ।
सार्वजनिक सुनुवाईका सहभागीले नगरपालिकाले निर्माण गरेका सडकहरुमा कमसल सामग्रीको प्रयोग गरिएको दक्ष प्राविधिकको व्यवस्था नगरिएको अनुगमनलाई निरन्तरता नदिएको लगायतका गुनासालाई नगरपालिकाले समेट्न नसकेको उनीहरुको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा लक्ष्मण बस्नेतले भद्रपुरको अलपत्र अवस्थामा रहेको शीत भण्डारी निर्माण कहिले हुने भनेर साथै कोशी प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तर मा सुधार नभएको, शिक्षा स्वास्थ्यमा र विकास निर्माणमा नगरपालिका बेखबर रहेको बताए । हिरा पोखरेल, महेन्द्र कोइराला लगायतका सहभागीहरुले कृषकलाई मल बीउ वितरण गर्न नसकेको भुस्या–कुकुरको व्यवस्थापन , आर्थिक बेरुजुका कारण करोडौ रकम अपचलन हुने गरेको सेवाग्राहीहरुको काममा ढिलासुस्ती हुने गरेको, जनप्रतिनिधी कर्मचारीहरु विचको एकता कायम हुन नसकेको लगायतका बेतिथिका बारेमा प्रश्न उठाएका थिए ।
सहभागीहरुको जवाफ दिंदै नगरप्रमुख गणेश पोखरेलले भारत सरकारबाट सुरुवात गरिएको शितभण्डारलाई कार्यान्वय गर्न नगरपालिकाले पहल गरिरहेको, नवनिर्मित मेची प्रादेशिक अस्पतालका बिषयमा सुधार गर्ने भन्दै नगरबासीको सल्लाह सुझाव अनुसार नगरपालिकाको हितमा काम गर्न आफू कटिबद्ध रहेको बताए । सहभागीहरुको जवाफ आ–आफ्नो क्षेत्रबाट नगर उपप्रमुख राधा कार्की, प्रमुख प्रशाकिय अधिकृत सुनिल निरौला लगायतले सवालको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले सहभागीहरूको प्रश्नमा प्रशासन कार्यलयबाट हुने नागरिकता वितरण सहज रुपमा सेवा प्रवाह गर्ने बताउदै योजना बिहिन निर्माण भएको भवनका कारण कार्यलय आसपास सेवा लिन आउने सेवाग्राहीका सवारी साधनको चापलाई सुधार गर्दै लगिने बताए ।
जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख राजन लिम्बूले झापा जिल्ला १ सय ४४ किलोमिटर माथिको खुला सिमाना भएको कारण लागू औषध दुव्र्यसन बढेको भन्दै नियान्त्रणका लागि प्रहरी अभियान चलाएर लागि परेको बताउदै चोरी तस्करी नियन्त्रण प्रहरी सक्रिय रहेको बताए । अत्याधिक उपस्थित नगरबासीको सहभागी रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरको विकास निर्माण लगायतका कार्यहरुमा नगरपालिकाले कुनै पनि ठोस कार्य गर्न नसकेको बताउनु भएको थियो ।
भद्रपुर नपामा विकास निर्माणका कार्यहरुमा सुस्त तथा गुणस्तरहिन भएको गुनासो
