HomeFeatured 2बुबाको नाममा गौतमद्वारा एकलाखको कोष घोषणा

बुबाको नाममा गौतमद्वारा एकलाखको कोष घोषणा

कनकाई असार । गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्देश्यले गौतम समाज झापामा एकलाखको अक्षयकोष स्थापना गरिएको हो ।
बालबालिकालाई पढाईमा प्रेरित गर्न समाजका नव निर्वाचित सचिव राजेन्द्र गौतमले आफ्ना दिवंगत पिता डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।
डिल्लीप्रसादको २०८० साल पुस ५ गते भोजपुरको पाउलीमा निधन भएको थियो ।
समाजको जेठ ३१ मा कनकाई माईस्थित कोटीहोम क्षेत्रभित्रको अत्री भवनमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
समाजको अध्यक्षमा पुनः नीतिरमण गौतम दोहोरिएका छन् भने उपाध्यक्षद्वयमा राजकुमार गौतम र उर्मिलाकुमारी गौतम, सचिवमा राजेन्द्र गौतम, सहसचिवमा विष्णुप्रसाद गौतम र कोषाध्यक्षमा जयनारायण गौतम चयन भएका हुन् ।
समितिको सदस्यहरुमा शान्तादेवी गौतम, पिङगदेवी गौतम, माधव गौतम, पिताम्बर गौतम, चन्द्रलाल गौतम, पिताम्बर गौतम, चन्द्रलाल गौतम, महानन्द गौतम र हेमराज गौतम रहेका छन् ।
त्यस्तै भीमप्रसाद गौतमको संयोजकत्वमा गठित लेखा समिति सदस्यहरुमा लोकमणी र निरप्रसाद गौतम चयन भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बुबाको नाममा गौतमद्वारा एकलाखको कोष घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img