Homeबिर्तामोड १० मा लागुऔषध दुव्र्यसन बिरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न

बिर्तामोड १० मा लागुऔषध दुव्र्यसन बिरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न

सैनिकबजार १९ जेठ । बिर्तामोड नगरपालिका वडा नं १० को सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा ‘लागुऔषध दुव्र्यसनमा बालबालिकाको संलग्नता र न्युनिकरणका उपाय’ बिषयक सचेतनामुलक कार्यक्रम बिर्तामोड १० मा सम्पन्न भएको छ।
पछिल्लो समय बालबालिका तथा किशोरावस्थाका बालबालिकाको समेत लागू औषध दुव्र्यसनमा संलग्नता देखिएसंगै विद्यालय तहका बालबालिकामा पनि लागू औषध दुव्र्यसनबाट व्यक्ति, परिवार र समाजमा पुग्न सक्ने नकारात्मक असर र त्यसबाट बच्ने उपायबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सचेतनामुलक कार्यक्रममा ‘लागु औषध दुव्र्यसन भनेको के हो ? दुव्र्यसनको लतमा फसिन्छ ? लतमा फसेकाहरूमा कस्तो शारीरिक र मानसिक असर देखिन्छ ? कुन उमेर समूहको बढी संलग्नता छ ? दुव्र्यसनमा फस्नबाट बचाउन अभिभावक तथा शिक्षकहरुको भूमिका र अवलम्बन गर्नुपर्ने उपायहरु ? लगायतका सहजकर्ता लता खरेल र बिषयमा ईलाका प्रहरी कार्यलय बिर्तामोड प्रहरी सहायक निरीक्षक प्रदिप आले मगरले सहजीकरण गरेका थिए ।
बिर्तामोड १० वडा कार्यालयको सभाहलमा सञ्चालित कार्यक्रममा वडाभित्र सञ्चालित निजी तथा सरकारी विद्यालय सिदार्थ शिक्षा सदन, बिष्णु भगवती अंग्रेजी विधालय, बिराटज्योति, कटरडाँगी आधारभूत विधालय लगायतका एकसय ४५ बढी विधार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा विधार्थीहरु सँगै विधालयका शिक्षकहरू, टोल विकास संस्थाका अध्यक्ष, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्वागत तथा औचित्य माथि प्रकाश संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल पारेको कार्यक्रमको सञ्चालन सह सचिव जोस्ना श्रेष्ठ गरेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधिहरु धनमाया श्रेष्ठ, दिपिका शिवा, नारी सञ्चार गृहका संस्थापक सदस्य कोपिला बस्नेत, सैनिक बजार टोल विकास संस्थाका अध्यक्ष कविता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिर्तामोड १० मा लागुऔषध दुव्र्यसन बिरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img