Homeसमाचारप्लाष्टिकजन्य सामग्री प्रयोगमा हटाए वातावरण स्वच्छ हुने

प्लाष्टिकजन्य सामग्री प्रयोगमा हटाए वातावरण स्वच्छ हुने

भद्रपुर २२ जेठ । ५३ औं विश्व वातावरण दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा वातावरणीय कानून र हाम्रो भूमिका विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाल बार एसोसिएसन वातावरण समिति झापाको आयोजनामा बिहीबार एसोसिएसनको सभाहलमा सम्पन्न कार्यक्रममा प्लास्टिकजन्य सामग्रीले वातावरण प्रदुषणमा प्रभाव पारेको सहभागीहरुले बताएका थिए । देशमा भ्रष्टाचार, घोटाला जन्य अवस्था नआउने भएमा वातावरण आफै स्वस्फूर्त रुपमा प्रदुषण नियन्त्रण भएर जाने उहाँहरुको भनाइ छ ।
नियमित सरसफार्इसगै बोटविरुवाको संरक्षण गर्न सके स्वच्छ वातावरण रहने सहभागीको धाराणा थियो । कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला अदालतका १ नं. न्यायाधीश उमेशप्रसाद लुईटेल, झापा बार अध्यक्ष बसन्त नेपाल, नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल वरिष्ठ अधिवक्त टंक उप्रेती, नवराज रिजाल, जिल्ला सरकारी वकिल कार्यालयका खगेन्द्रराज कटुवाल, झापा बारका पूर्व अध्यक्ष हरी अधिकारी , खगेन्द्र खरेल लगायतले घर वरिपरिको सरसफाइ नियमित वृक्षरोपण ,प्लास्टिकजन्य सामग्रीको रोकथाम गर्न सके वातावरण स्वच्छ राख्न सकिनेमा जोड दिएका थिए ।
समिति संयोजक सन्तोषकुमार प्रसाईंको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीको स्वागत कविता शर्मा र संचालन, हेमकला कट्टेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्लाष्टिकजन्य सामग्री प्रयोगमा हटाए वातावरण स्वच्छ हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img