Homeसमाचारबाल बिवाह रोक्न सचेत र सक्षम हुनुपर्ने

बाल बिवाह रोक्न सचेत र सक्षम हुनुपर्ने

बिर्तामोड १६ जेठ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले मूल्य र मान्यता बनेर बसेका समाजका कुसंस्कार र कुसंस्कृति तोड्न सबै सचेत हुनुपर्ने बताएकी छन् ।
महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै दनुवारले छोरीलाई विहे गरेर दिए जिम्मेवारी पूरा भएको ठान्ने अभिभावक र बिहे गर्दा के के नै हुन्छ भन्ने बालबालिकाको सोचाईका कारण बालबिवाह हट्न नसकेको उपसभामुख दनुवारले बताइन् ।
बालबालिका आफैंले पनि आफू सक्षम हुन्छु, देश र समाजको लागि केही गर्छु भन्ने सोचका साथ अघि बढ्ने प्रयास गनुपर्ने तर्फ सचेत गराउँदै उपसभामुख दनुवारले समाजको चेतना उठाउन यसका लागि सबै एकजुट भएर अभियान चलाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बाल विवाह अन्त्य गर्ने गरी लाग्नु पर्ने बताइन् । बालबिवाह अन्त्यका लागि स्थानीय तहहरुले पनि सोही अनुसार काम अघि बढाएको उनको भनाई थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले परम्परागत सामाजिक सोचका कारण बालबिवाह जीवित रहेको बताउँदै बालबालिकाले आफू सक्षम नभएसम्म बिवाह गर्न हुन्न भन्न सक्नुपर्ने बताए ।
कानून मै व्यवस्था गरिएको बिहेवारी २० वर्ष पारी कार्यान्वयनमा अझै पनि चुनौति देखिएको बताउँदै प्रमुख जिल्ला अधिकारी, अधिकारीले अहिलेका छोराछोरीले पढी नसकी बिवाह गर्दिन भन्ने हैसियत राख्नुपर्ने भन्दै सहभागी बालबालिकालाई सचेत गराए । पढाईमा अब्बल हुन प्रेरित गरेका अधिकारीले कम उमेरमा बिवाह गर्दा कानूनी कारवाही र व्यक्ति स्वयंलाई स्वास्थ्य समस्या हुने भन्दै सक्षम भएर मात्रै विहे गर्ने अडान राख्न सुझाएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले पनि वाल विवाह न्युनिकरण गर्न प्रहरीको तर्फबाट सक्दो प्रयास र सरोकारवाला निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने बताएका थिए ।
सोही अवसरमा सहजीकरण तथा समूह छलफलमा प्रशिक्षकहरु बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, रोष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, नेपाल बार एशोसिएसन झापा सदस्य कविता बाँस्तोला पाठक, प्रहरी निरीक्षक प्रविण श्रेष्ठले बालबालिकाको अवस्था, प्रहरी कार्यालयमा मुद्दा दर्ता, बालअधिकार, नीति तथा कार्यान्वयन, चुनौतीहरु, वाल विवाहका कारण, वालविवाह गर्दा आउने समस्या, वालवविाह न्युनिकरण गर्न बालबालिकाको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए ।
समूह छलफलका प्रशिक्षकहरुलाई मेचीनगर नगरपालिका महिला विकास अधिकृत जयन्ती खरेल लगायतले जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा सहभागी किशोर किशोरीहरुले कविता मार्फत बाल विवाह अन्त्य हुनु पर्छ भन्ने शैली प्रस्तुत गरेका थिए । विद्यार्थीहरु मासिया वेगम, जेनिशा आचार्य र हेमन्त पण्डित कविता बाचन गरेका थिए । काँकरभिट्टा माविका अनुसन्धान ढुंगेलले कविताको सहजीकरण गरेका थिए ।
महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बाल विवाह न्युनिकरण गर्न, महिला हिंसा अन्त्य गर्न लगायतका सामाजिक काममा सक्रिय रहेको बताइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले उपसभामुख दनुवारलाई बाल विवाह हटाउन सदनमा नै पुर्याईदिन अनुरोध गरिन् ।
बालबिवाह विरुद्ध प्राथमिकताका साथ काम गर्दै आएको महिला जनचेतना केन्द्रले झापाका कचनकवल, बाह्दशी गाउँपालिका र मेचीनर नगरपालिकामा उद्देश्य अनुसारका काम गर्नुका साथै अर्गानिक कृषि खेतीका लागि जैविक मल प्रयोग गर्न सचेतना दिदै आएको बताइएको छ ।
कार्यक्रमको स्वागत कचनकवल जानकी माविकी किशोरी समूह सदस्य पुनम वेगमले, सञ्चालन धुलाबारी माविकी विद्यार्थी श्रष्टि विष्ट र शुष्मा राजबंशीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाल बिवाह रोक्न सचेत र सक्षम हुनुपर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img