HomeFeatured 2सातौं राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरीजवाफ

सातौं राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरीजवाफ

बिर्तामोड १६ जेठ । सातौं राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला (अनेम) संघ जिल्ला कमिटी झापाको आयोजनामा अन्तरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
लीला दाहालको अध्यक्षता एवं अनेमसंघ कोशी प्रदेश कमिटीका सचिव हेमकला कट्टेलको प्रमुख आतिथ्यतामा बिर्तामोडमा सम्पन्न प्रतियोगितामा बाह्रदशी गाउँपालिका पहिलो, दमक नगरपालिका दोस्रो, कन्काई नगरपालिका तेस्रो र गौरादह नगरपालिका सान्त्वना भएको थियो । बिजेतालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
जिल्ला कमिटीका सहसचिव ललिता बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष मन्जु थापाले गरेकी थिइन् ।
हाजिरी जवाफ प्रतियोगितामा झापाका पन्ध्र पालिकाहरू मध्ये १३ वटा पालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा शिव ढुङ्गेलले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सातौं राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरीजवाफ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img