HomeFeatured 2सञ्चार गृहको अक्षयकोषमा सिटौला र अधिकारीको सहयोग

सञ्चार गृहको अक्षयकोषमा सिटौला र अधिकारीको सहयोग

बिर्तामोड जेठ । बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरिएको नारी सञ्चार गृह झापाको अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ ।
सामाजिक अभियन्ता तथा ए .वी .सी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला र मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले सञ्चार गृहको अक्षयकोषमा सहयोग प्रदान गरेका छन् ।
अभियन्ता सिटौलाले पाँच हजार पाँचसय रुपैयाँ र अधिकारीले पाँच हजार रुपैयाँ अक्षयकोषमा सहयोग प्रदान गरेका हुन् ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतम, अक्षयकोष वृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठ, कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौला र कार्य समिति सदस्य बिनिसा गौतम, सामाजिक व्यक्तित्व होम सिटौला लगायतको उपस्थिति रहेको थियो ।
२०७५ सालमा २५ लाखको अक्षयकोष स्थापना गर्ने प्रारम्भिक लक्ष्य राखेर रकम संकलन प्रारम्भ गरिएको थियो । २०७९ मा उक्त लक्ष्य पार गरेर उकालो लागेको अक्षयकोषलाई २०८० सालमा प्रारम्भिक लक्ष्यलाई दोब्बर बनाउने संकल्पसहितको निर्णय गरेको थियो । संकल्प अनुसार नै २०८१ साल चैत मसान्तसम्ममा ५० लाख पाँचहजार रकम संकलन भई हाल कोषमा हाल ५० लाख, पाँचहजार पाँचसय पचपन्न रुपैयाँ जम्मा भइसकेको छ । कोषमा ५० लाख जम्मा भएसंर्ग दाताहरूबाट एककरोड पुर्याउनु पर्ने सुझावसहित सहयोग रकम जुट्ने क्रम जारी रहेको हो ।
कोषमा देउसी भैलो कार्यक्रम, आफ्नो जन्मोत्सव, विवाह समारोह, बर्षगाँठको अवसरमा दाताहरुबाट सहयोग जुट्दै आएको संस्थाकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सञ्चार गृहको अक्षयकोषमा सिटौला र अधिकारीको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img