Homeसमाचारहनुमान टोलमा बनले लगाएका विरुवाको गोडमेल गर्दै स्थानीय

हनुमान टोलमा बनले लगाएका विरुवाको गोडमेल गर्दै स्थानीय

भद्रपुर १२ जेठ । चारआली चन्द्रगढी सडक अन्तरगत भद्रपुर १० हनुमान टोलमा रहेका दुईसय बढी बोटविरुवाको गोडमेल तथा सरसफाइ गरिएको छ ।
हनुमान टोल विकास संस्थाको आयोजनामा सोमबार गत वर्ष जिल्ला वन डिभिजन कार्यालय झापाले लगाएका सडक आसपासका दुईसय बढी बिरुवाको गोडमेल गरिएको हो ।
संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, विपी टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारी लगायतको नेतृत्वमा स्थानीयहरुले उक्त विरुवा गोडमेल गरेका हुन ।
सो क्रममा सडक छेउमा रहेको केही स्थानीयले जथाभावी तरिकाले नाली बन्द गरिदिदा टोल विकास संस्था अन्तरगत पर्ने बस्ती डुबान हुन सक्ने भन्दै आपत्ति जनाएका छन् ।
बर्षाको समयमा पोकापाडा देखिको भेल नालीमा आउदा स्थानीयको घर समेत डुवान हुन सक्ने खतरा रहेकोले नाली बन्द गर्नेलाई कारवाही गरि नाली खोल्नुपर्ने स्थानीय समाजसेवी राधाकृष्ण अधिकारीले बताउनु भयो ।
नगरपालिका तथा नगरपालिका अन्तरगत रहेको वडा कार्यालयले नाली खोल्ने विषयमा समयमै विचार पुरयाउन उहाँको आग्रह छ ।
मध्य वर्षाको समयमा थप समस्या आउने भएकोले तत्काल समस्याको समाधान गर्न स्थानीयले सरोकारवाला निकायसंग ध्यानाकर्षण समेत गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहनुमान टोलमा बनले लगाएका विरुवाको गोडमेल गर्दै स्थानीय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img