HomeFeatured 2सामाजिक व्यक्तित्व बिनोदको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको तयारी

सामाजिक व्यक्तित्व बिनोदको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको तयारी

बिर्तामोड १० जेष्ठ । रोटरी क्लब अफ बिर्तामोडले आफ्नो स्थापना दिवसको अवसर पारेर बहु आयामिक सामाजिक व्यक्तित्व ,विभिन्न संघ संस्थाहरुमा आबद्ध , क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार स्व. बिनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको आयोजना गर्ने भएको छ।
प्रत्येक वर्ष २८ मई को दिन विभिन्न मनोरंजनात्मक रुपले मनाउदै आएको ‘रोटरी चार्टर डे’ लाई यस वर्ष बस्नेतको आकस्मिक निधनका कारण रोटेरियनहरूले पृथक रुपमा मनाउने निर्णय गरिएको जानकारी क्लब सेक्रेटरी डा. सन्ध्या राठीले बताउनु भयो।
निर्णय अनुसार आउदो जेष्ठ १४ गते विहान विराटपोखर स्थित विराट भरत विश्रान्ती आश्रम परिसरमा विभिन्न जातका फलफूलका विरुवा वृक्षारोपण गरिने र बिर्ताबजार स्थित दुर्गा मन्दिर परिसरमा स्थानिय संस्थासंगको सहकार्यमा रक्तदान शिविर संचालन गरिने जानकारी क्लब प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिनुभयो ।
पूर्व निर्धारित क्लबको प्रि बोर्ड मिटिंग र पूर्व अध्यक्षहरूको सम्मान सहितको कार्यक्रम आगामि दिनमा गर्ने गरी समय तालिका परिवर्तन गरिएको जानकारी क्लबका एडमिनेस्ट्रेसन डाईरेक्टर मिनप्रकाश मैनालीले बताउनु भयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सामाजिक व्यक्तित्व बिनोदको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img