Homeसमाचारबिर्तामोडमा आधारभूत प्राथमिक उपचार तालिम शुरु

बिर्तामोडमा आधारभूत प्राथमिक उपचार तालिम शुरु

बिर्तामोड २६ बैशाख । नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको आयोजना बिर्तामोड नगरपालिकाको सहयोेगमा बिर्तामोडमा आजदेखि तीनदिने आधारभूत प्राथमिक उपचार तालिम शुरू भएको छ । तालिमको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभएको तालिम उद्घाटन सत्रको अध्यक्षता उपशाखाका सभापति मनोज अग्रवालले गर्नु भएको थियो ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि भौतिक विकास मात्रै विकास भन्ने बुझाईबाट माथि उठेर जीवनउपयोगी तालिम , सचेतना जरूरी, रहेको बताउदै
प्राथमिक उपचार तालिमबाट रोगको लक्षण चिनेर अस्पतालसम्म पुर्याउन सके ज्यान वचन सक्ने हुनाले ध्यान दिएर तालिमलाई फलदायी बनाउन सुझाउनु भयो ।
सो अवसरमा विशेष अतिथि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति लोकराज ढकालले प्राथमिक उपचार तालिमको आवश्यकता र महत्त्वबारे जानकारी दिनु भएको थियो । सो अवसरमा सभापति ढकालले प्राथमिक उपचारको प्रारम्भ, रेडक्रसको उत्पत्ती र रेडक्रस कानूनबारे समेत जानकारी दिनुभएको थियो ।
आयोजक संस्थाका सचिव निरज ओलीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, बिर्तामोड नगरपालिका वडा नं। ५ का वडाध्यक्ष रोहित प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख गणेश पौडेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरिक्षक सन्तोष राई, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला लगायतको आतिथ्यता रहेको थियो ।
बिर्तामोड नगरपालिका १० वटा वडाबाट २र२ जना, ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड नगर प्रहरी, बारूण यन्त्रका कर्मचारीसहित २७ जनाको सहभागीता रहेको तालिममा ओमप्रकाश गौतम, प्रकाश खरेल, हरिशरण खड्का र डिल्लीराम भण्डारीले सहजीकरण गरिरहनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा आधारभूत प्राथमिक उपचार तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img