बिर्तामाेड २५ बैशाख । बिश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले बिहीबार साँझ बिर्तामोडको मुक्तिचोकमा दिप प्रज्ज्वलन गरेको छ । उपशाखा बिर्तामोडको संयोजनमा बिर्तामोड क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाहरुको उपस्थितिमा दिप प्रज्ज्वलन गरिएको हो ।
उपशाखाका सभापति मनाेज अग्रवालकाे अध्यक्षता तथा बिर्तामाेड साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका अध्यक्ष मेघराज बास्ताेलाकाे प्रमुख आतिथ्यमा भएकाे सामुहिक दिप प्रज्ज्वलन कार्यक्रममा रेडक्रस उपशाखाका निवर्तमान अध्यक्ष सजेस शिवाकोटी, महिला सुरक्षा दबाब समुहकी अध्यक्ष शारदा रिजाल, एबिसि नेपालकी जिल्ला अध्यक्ष कञ्चना ढकाल सिटाैला, बीरता जेसीजका अध्यक्ष युवराज कुँवर, बिर्तामोड उद्योग वाणिज्य संघका काेषाध्यक्ष युवराज निराैला, ट्रष्ट नेपाल, इन्द्रचन्द्र क्याम्पस तथा देवी क्याम्पसका बिद्यार्थी लगायत विभिन्न सामाजिक संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रेडक्रसले प्रत्येक वर्ष मे ८ तारिखका दिन विश्व रेडक्रस दिवस मनाउँदै आएको छ । त्यसैगरी यही दिवसको अवसर पारेर भद्रपुर उपशाखाले मेची प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रसका पूर्व केन्द्रिय कोषाध्यक्ष भक्त खवास, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुव्वा (मनोज,) पूर्व उपशाखा सभापति गोपाल गिरी, महेशपुर उपशाखाका सभापति शम्सेर तामाङ, प्रादेशिक अस्पतालका डा. मनोज शाह, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तोया गड्तौला, अपाङ्ग संघका का वा अध्यक्ष पवन श्रेष्ठ लगायत महेशपुर र भद्रपुर उपशाखाका पदाधिकारी, सदस्य तथा अन्य रेडक्रस कर्मी, प्रेशक्लवका अध्यक्ष राजवावु शंकर लगायतको उपस्थिति रहेको थियो ।
रेडक्रस दिवसकाे अवसरमा बिर्तामोडमा सामुहिक दिप प्रज्ज्वलन

































































































