बिर्तामोड ३० चैत । नेपाली काङ्ग्रेस बिर्तामोड नगरपालिका वडा नम्बर-५ ले नया बर्ष २०८२ को अवसर पारेर शुभकामना आदान-प्रदान तथा २०८२ को भित्ते पात्रो बिमोचन कार्यक्रम सप्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेसका सभापति देउकुमार थेबेले क्यालेन्डरको बिमोचन गर्नुभएको हो ।
भित्तेपात्रो बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थेबेले वडा समितिले उदाहरणीय कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
नेपाली काङ्ग्रेसप्रती जनताको भरोसा रहेको बताउदै सभापति थेबेले निराश नभइ संगठन बलियो बनाउने कार्यमा सक्रियतापुर्बक लाग्न आग्रह गर्नुभयो । टोल र वडा समिति पार्टी संगठनको आधार रहेको बताउदै उहाले जग बलियो बनाउन आह्वान गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष जलकुमार गुरुङ, महासमिति सदस्री सीता पौडेल, जिल्ला सदस्यहरु ओम बिमली र युबराज प्रसाईं, ५ नम्बर वडाध्यक्ष रोहित प्रसाईं, झापा क्षेत्र नम्बर-२ ख का सभापति किरण श्रेष्ठ, बिर्तामोड ९ नम्बर सभापति बासु अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाली काङ्ग्रेस बिर्तामोड-५ का वडा सभापती दिपक मेनेङ्बोको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति खगेन्द्र प्रसाईं र सन्चालन सचिब राजेश नेपालले गर्नुभएको थियो ।
नेपाली कांग्रेस बिर्तामोड ५ ले गर्यो नयाँ वर्षको शुभकामना आदान प्रदान



















