भद्रपुर २६ चैत । लैङ्गिक हिंसासंग सम्बन्धित रहेका बिध्यमान कानूनहरूको बिषयमा जानकारी गराउने र स्थानीय तहमा लैंङ्गिक हिंसा सम्बन्धि न्याय सम्पादनमा सहयोग पुर्याउने तथा समन्वय गर्ने उदेश्यका साथ तीन दिने अनुशिक्षण कार्यक्रम आज बाट भद्रपुरमा सुरू भएको छ।
महिला कानून र बिकाश मञ्च काठमाण्डौ द्वारा आयोजित तीन दिवशिय कार्यक्रमको उद्घाटन सत्रमा भद्रपुर नगरपालिकाका उप प्रमुख राधा कार्कीले अध्यक्षता गर्नु भएको थियो भने जिल्ला अदालत झापाका न्यायधिस तेज बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवक्ता चन्द्रा श्रेष्ठले स्वागत गरेको कार्यक्रम संचालन अधिवक्ता बिनोद चन्द्र देबकोटाले गर्नु भएको थियो। चैत्र २६ – २८ सम्म संचालन हुने अनुशिक्षण कार्यक्रममा आज पहिलो दिन झापा जिल्ला अदालतका न्यायधिस तेज बहादुर खड्का र अधिवक्ता छवि श्रेष्ठले सहजिकरण गर्नु भएको छ।
कार्यक्रममा कानून व्यवसायी,न्यायसम्पादनको क्षेत्रमा कामगरिरहेका जनप्रतिनिधिहरू,सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सग सम्वन्धित रहेर काम गरिरहेका प्रतिनिध सहित ३० जनाको सहभागिहरू रहेका छन सातैवटा प्रदेशका सात जिल्लामा कार्यक्रम संचालन गर्ने महिला कानून र बिकास मञ्चका अधिवक्ता बिनु लामाले जानकारी दिनु भएको छ। झापामा २८ गते कार्यक्रम समापन गरिने छ।



















