HomeFeatured 2खेवाङ–झापा हातेमालो समाजको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खेवाङ–झापा हातेमालो समाजको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड ३० चैत । खेवाङ–झापा हातेमालो समाजको तेस्रो बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष यामनाथ दाहालको अध्यक्षता तथा खेवाङ–काठमाडौं हातेमालो समाज काठमाडौंका कोषाध्यक्ष रुपनारायण अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा समाजमा आवद्ध ज्येष्ठ नागरिक तथा आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा ख्यालीराम सापकोटा, मित्रलाल आचार्य, देवीमाया गौतम, महेन्द्र गौतमसहित १५ जनालाई सम्मान गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
समाजका सचिव लक्ष्मीकुमार चौंलागाईको सञ्चालन र उपाध्यक्ष टेकनाथ पौडेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि अधिकारी, अतिथिहरु नारायण चौलागाँई, हेमराज गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको २०८२ साल बैशाख १३ गते नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति तय गर्दै साधारणसभा सम्पन्न भएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2खेवाङ–झापा हातेमालो समाजको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img