Homeसमाचारप्रेस सेन्टर नेपालको पद हस्तान्तरण र सन्देश बिशेषांक बिमोचन सम्पन्न

प्रेस सेन्टर नेपालको पद हस्तान्तरण र सन्देश बिशेषांक बिमोचन सम्पन्न

बिर्तामोड २० फागुन। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष राजु पाठकले नयाँ कार्यसमितिका अध्यक्ष पुष्प खड्कालाई बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भूमिका खेल्नुपर्नेमा जोडदिएका थिए ।
कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री झलकसिं दर्लामी सन्देश, जिल्ला इन्चार्ज रन्जित तामाङ, प्रदेश उपाध्यक्ष एवम् सहिद तथा घाइते प्रतिष्ठानका प्रदेश अध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहानलगायतले सहिदको सपनालाई साकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।
पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले बिशेषांकको बारेमा चर्चा गरिएको कार्यक्रममा सुखानी सन्देशका सम्पादक चुडामणि बशिष्ठले विशेषांक प्रकाशनको बिषयमा जानकारी गराएका थिए ।
पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले स्वागत तथा प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस सेन्टर नेपालको पद हस्तान्तरण र सन्देश बिशेषांक बिमोचन सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img