Homeसमाचार‘लाए माया तिमिलाई छानी’ लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

‘लाए माया तिमिलाई छानी’ लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

बिर्तामोड २७ माघ । गीतकार सत्यनारायण तायलको शब्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ एस आर डिजिटल यु टुब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको बिमोचन भएको थियो।
मारवाडी भाषामा गीत कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आउनु भएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारको दर्जनौ गीतहरु रेकर्डिङ भै स्रोता दर्शकको माझ आइसकेका छन । गायक निरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ। कार्यक्रम मा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्मा को पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायल ज्यु ले बिमोचन भएको गीतको बारेमा चर्चा परिचर्चा गर्नु भएको र गायिका पबित्रा ओलि र यसै गीतका गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए साथै उक्त कार्यक्रममा बरिस्ठ साहित्यकार टन्क बिकल्प ,माधब पौडेल ओम प्रकाश भट्टराई , गायक उमेश पान्डे प्रदीप महतो,निमेष शिवाकोटी आदिको उपस्थिति रहेको थियो भने गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘लाए माया तिमिलाई छानी’ लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img