HomeFeatured 2बाल क्लबका बालबालिकालाई निर्णय लेखन सम्बन्धी तालिम

बाल क्लबका बालबालिकालाई निर्णय लेखन सम्बन्धी तालिम

बिर्तामोड २७ माघ । विद्यालय तहका बाल क्लवमा आवद्ध बालबालिकालाई लक्षित गरी निर्णय लेखन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.–६ को सहयोग र जनआन्दोलन साप्ताहिकमा सञ्चालित तालिममा बिर्तामोड नगरपालिका वडा नं. –६ मा सञ्चालित सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।


वडा बालसञ्जालकी अध्यक्ष कृषा अधिकारीको अध्यक्षता तथा बडासदस्य गीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न तामिलमा बाल क्लबको आवश्यकता, गठन, बैठकमा अध्यक्षदेखि पदाधिकारी र कार्यसमितिको भूमिका, निर्णयको महत्व र आवश्यकता लगायतका विषयमा सहभागिलाई जानकारी दिइएको थियो ।
निर्णय लेखन सम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको तालिममा प्रमुख अतिथि रेग्मी, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडा सचिव रुपमान थलङ, विशेष अतिथि एभरेष्ट स्मार्ट स्कूलका प्रिन्सिपल अनुप शर्मा, तक्षशिला एजुकेशनका अभि सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इन्दु पूर्वेलीले सञ्चालन गरेको कार्यक्रममा एभरेष्ट स्मार्ट बाल क्लबका अध्यक्ष संभव प्रसाईले स्वागत गरेको कार्यक्रममा दिया उप्रेती र उष्नवी मैनालीले सम्मान गरेका थिए ।
तालिममा सहभागि बालबालिकाहरुले ब्यवहारिक अध्यासपछि तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्ने जनाएका थिए ।
सो अवसरमा सरस्वती मावि बुट्टाबारी, सरस्वती एन्जल, एभरेष्ट स्मार्ट र तक्षशिला एजुकेशनका बालबालिकाको सहभागिता रहेको थियो ।

एभरेष्ट स्मार्ट स्कूलमा सञ्चालित तालिममा विद्यालयका शिक्षक प्रतिनिधिहरु अभि सुवेदी, गोविन्द विष्ट, प्रविन बस्नेत र तृसना अधिकारीले तालिमले बाल क्लबका बालबालिकालाई निकै उपयोगी भएको धारणा राखेका थिए । तालिमको सहजीकरण भीमा शिवाकोटी, इन्दु पूर्वेली र रेजिना गौतमले गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाल क्लबका बालबालिकालाई निर्णय लेखन सम्बन्धी तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img