Homeमहिलामहिलाको नामको घरजग्गा कारोबारबाट राजस्व बढी

महिलाको नामको घरजग्गा कारोबारबाट राजस्व बढी

भद्रपुर २८ माघ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा पछिल्लो आर्थिक वर्षमा महिलाको नाममा जग्गाको करोवारबाट राजस्व संकलनमा वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।
कार्यलयको तथ्यांक अनुसार चालु आ व को माघ २७ सम्ममा महिलाको नामबाट छ हजार पाँच सय ६९ वटा लिखत जग्गाको कारोबार गर्दा रजिष्ट्रेशन बापत ११ करोड २२ लाख८३ हजार ७ सय ७९ रुपैया राजस्व संकलन भएको छ । चालु आवको ७ महिना वित्नै लाग्दा पुरुष तथा विभिन्न संघ संस्थाको छहजार तीनसय ८२ वटा कारोबारबाट १२ करोड २५ लाख ४८ हजार सातसय रुपैयाँ राजस्व संकलन भएको छ ।
यसरी हेर्दा संस्था र पुरुषको कारोवारमा १२ करोड माथि तर महिलाका नामबाट भएको घरजग्गा कारोबारबाट मात्रै ११ करोड माथिको राजस्व संलग्न हेर्दा तथ्यांक अनुसार महिलाको नामको कारोबार बढि भएको देखिएको हो । अघिल्लो आ व २०७९र८० मा महिलाबाट प्राप्त रजिस्ट्रेसन दस्तुर बापत संकलन भएको राजस्व १५ करोड ५० लाख माथि रहेको छ भने गत आ व २०८०र८१ मा महिला बाट प्राप्त रजिष्ट्रेशन शुल्क बापत संकलित राजस्व २० करोड ५० लाख ९४ हजार एकसय १२ रुपैयाँ पुगेको छ ।
यो राजस्व संकलनको तथ्यांकले पनि पछिल्लो केही बर्ष देखि महिलाको नाममा घरजग्गा नामसारी हुने गरेको चलन बढेको देखिन्छ । महिलालाई सम्पति सम्बन्धि मौलिक संवैधानिक अधिकारका कारण तथा अधिकांश पुरुष वैदेशिक रोजगामा गएका कारण महिलाहरुमा कारोवार बढेको हुन सक्ने कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिलाको नामको घरजग्गा कारोबारबाट राजस्व बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img