HomeFeatured 2निदि–आदर्श युनिटी कप आजदेखि शुरु

निदि–आदर्श युनिटी कप आजदेखि शुरु

बिर्तामोड १७ माघ । निजी बिधालय निदि–आदर्श युनिटी कप आजदेखि शुरु भएको छ । निदि स्कूलकोको खेल मैदान मा शुरु भएको आजको खेलमा निदि कम्प्युटर साइन्स र बिजनेस स्टडिजले प्रतिष्पर्धा गरेका छन्।
उच्च शिक्षालय तथा माध्यमिक बिधालय संघ नेपाल (हिसान) झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्यता तथा निदि, इन्द्रेणी क्यापस प्रमुख तथा निदि (आदर्श युनिटी कप कार्यक्रमका अध्यक्ष रन्जित साहको अध्यक्षतामा सम्पन्न खेल उद्घाटन कार्यक्रममा अध्यक्ष साहले खेलको माध्यमबाट विद्यार्थीलाई एकजुट गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन उद्देश्य राखेर खेल सुरु गरिएको बताउनु भयो ।
सो क्रममा आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास ,कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल ,झापाका कोषाध्यक्ष यज्ञराज कडरिया लगायतले बोलेका थिए । आयोजकको तर्फबाट निदि स्कुलका प्रिन्सिपल भिष्म प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको औपचारिक संचालन निदि कलेजका शिक्षक सरोज घिमिरेले गर्नु भएको थियो ।
खेलमा अफिसियलका रुपमा उदय ठाकुर, सन्तोष धिमाल, सन्तोष दनुवार तथा फोर्थ अफिसियलका रुपमा सितल लिम्बु रहेका छन । खेलमा निदि ,इन्देणी तथा आदर्श स्कुल अफ म्यानेजमेन्टका कम्प्युटर साइन्स ,बिजनेस स्टडिज, बि.बि.एस, निदि अन्डर १५, आदर्श निलो र बैजनी, साइन्स ब्लक गरी जम्मा सात वटा टिमले सहभागिता रहने आदर्श स्कुलका अफिसियल कोच दीपेश खतिवडाले जानकारी दिनुभयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निदि–आदर्श युनिटी कप आजदेखि शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img