बिर्तामोड १६ माघ । बिर्तामोड-३ निवासी शिव- सबु चुडालले चाइना मार्केट संचालनमा ल्याएका छ्न ।
बिर्तामोड नगरपालिका -५ कृषिथोक बजार उत्तरमा फेन्सी कपडाहरुको चाइना मार्केट संचालनमा ल्याएका हुन ।
लगभग २० महिना अघिदेखि टिकटक कलेक्शन र बिर्यानी हाउस संचालनमा ल्याएका चुडाल दम्पतीले डेढ करोड बढीको एकल लगानीमा चाइना मार्केट संचालनमा ल्याएको बताएका छ्न ।
चाइना मार्केटको बुधबार आयोजित एक कार्यक्रमका बीच चुडाल दम्पतीका बुवा आमा टंकपसाद-टिकादेबी चुडाल र बिर्तामोड उध्योग बाणिज्य संघ अन्तरगत महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाँईले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
मार्केटमा सबै उमेर समुहका महिला र पुरुषका फेन्सी कपडा पाइने संचालक शिव चुडालले बताए ।
लगभग १२ बर्षसम्म अरब मुलुकमा वैदेशिक रोजगारीमा बिताएका चुडालले बिदेशको अनुभव समेतलाई समेटेर एकैसाथ तीनवटा ब्यापारिक केन्द्र संचालनमा ल्याएको बताए ।
” जे गरौ यहि गरौ, आफ्नै देशमा गरौ भनेर थालेको हु”- उनले भने-” २२ जनालाई रोजगारी दिएको छु । ” कमाएको मध्ये केही रकम सामाजिक सेवामा खर्चने सोच रहेको पनि उनले बताए ।
२० महिनासम्म टिकटक कलेकशन राम्ररी संचालन भएपछि गर्दा केही हुने रहेछ भनेर आफु उत्साहित भएको उनले बताए । नेपालमा केही हुँदैन भन्नू गलत हुने बताउँदै चुडालले मेहनत गर्नुपर्नेमा जाेड दिए ।
बार्षिक रूपमा लक्की ड्रमार्फत पुरस्कारको समेत व्यवस्था गरिएकाे चाइना मार्केटमा निश्चित रकम माथिका सामान खरिद गर्नुका साथी टिकटक, विर्यानी हाउसर चाइना मार्केटका सामाज सञ्जालकाे केही नियमहरू भने फलाे अनिवार्य रूपमा गर्नुपर्ने बताए ।
अरबबाट फर्किएर चाइना मार्केट सञ्चालनमा २२ जनालाई राेजगारी

































































































