HomeFeatured 2दातालाई सम्मान गर्दै ईलाम झापा मैत्री समाजद्वारा शुभकामना आदान–प्रदान

दातालाई सम्मान गर्दै ईलाम झापा मैत्री समाजद्वारा शुभकामना आदान–प्रदान

बिर्तामोड १७ असोज । ईलाम झापा मैत्री समाजले बडादशैं, तिहार एवम् छठ पर्व २०८१ तथा नेपाल सम्वत् ११४५ को अवसरमा आज बिर्तामोडमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।


ईलाम झापा मैत्री नगर समिति अध्यक्ष अञ्जु लामिछानेको अध्यक्षता र कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथी अक्षयकोषका दाता संस्थाका सल्लाहकार जयनारायण/अञ्जना ढुंगाना ,जग्गा दाता महेन्द्रकुमार थापा, गोपालप्रसाद तथा अञ्जु लामिछाने ,जितेन्द्र बहादुर बस्नेत ,संगीता प्रसाई, रेशबहादुर बस्नेत, ताराप्रसाद कट्टेल, तारा उप्रेती, डम्बर बस्नेतसहित दाताहरूलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।
संस्थाको सांगठनिक गतिविधि समेटिएको श्रव्य दृश्य सामाग्री संस्थाका प्रेस संयोजक पुष्प खड्काले प्रस्तुत गरेका थिए भने कार्यक्रममा संस्थाकी आजीवन सदस्य नवगायिका सिता बस्नेतको एकल एल्वम ‘छोडपत्र’ बिमोचन गरिएको थियो । नव गायिका बस्नेत र सप्तक संगीत विधालयका संस्थापक अध्यक्ष सरोज वत्स दाहाललाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।


विशिष्ट अतिथीहरु कोशी प्रदेश सासंद यशोदा कायस्थ र जयनारायण ढुंगानाले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा पछिल्लो समय बाढी पहिरोबाट भएको जनधनको क्षति प्रति दुख व्यक्त गर्दै उक्त कारणले ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर , कोशी प्रदेशका सासंद यशोदा कायस्थ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष केशव भट्टराई, संस्थाका पुर्व अध्यक्ष श्याम खड्गी ,शिक्षासेवी एवम् सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना, महेन्द्रकुमार थापा, मोहनकुमार मित्तल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले स्वागत र संचालन सचिव सागर रिजालले गरेको उक्त कार्यक्रममा ईलाम घर मै झापालाई कर्मथलो बनाएर बसोवास गरेका उल्लेख्य संस्थाका सदस्यहरूको उपस्थिति रहेको जिल्ला उपाध्यक्ष नरेश कर्मचार्यले जानकारी दिए।
२०७३ सालमा विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस संस्थाले परोपकारी र सामाजिक काम गर्दै आएको संस्थापकहरु बताउछन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दातालाई सम्मान गर्दै ईलाम झापा मैत्री समाजद्वारा शुभकामना आदान–प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img