Homeसमाचारबिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्मित बैठक कक्ष उद्घाटन

बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्मित बैठक कक्ष उद्घाटन

बिर्तामोड १७ असोज । बिर्तामोड उद्योग वाणिज्य संघले विजया दशमीको अवसर पारेर नव निर्मित बैठक कक्षको उद्घाटन गरेको छ । नवनिर्मित बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर उद्घाटन गरिन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला,अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, व्यवसायीहरु मोहन ढकाल, मोहन मित्तल, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
संघले १५ लाख रुपैयाँको लागतमा बैठक कक्ष निर्माण गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्मित बैठक कक्ष उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img