Homeसमाचारजलउत्पन्न प्रकोप पीडितको उपचार, उद्धार, राहत र पुनस्र्थापनामा जुट्न कांग्रेस झापाको माग

जलउत्पन्न प्रकोप पीडितको उपचार, उद्धार, राहत र पुनस्र्थापनामा जुट्न कांग्रेस झापाको माग

विर्तामोड १७ असोज । नेपाली कांग्रेस झापाले जलउत्पन्न प्रकोपमा परी घाइते भएकाहरुको निःशुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आजै सम्पन्न पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुको बैठकपछि जारी विज्ञप्तिमार्फत यस्तो माग गरिएको हो ।
सभापति थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत केही समयअघिदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, नदी कटान, डुबानजस्ता प्रकृतिक बिपत्तिबाट भएको जन–धनको क्षतिप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नागरिकको जनजीवन सहज बनाउन पुनस्र्थापन कार्य तीब्र बनाउन माग गरिएको छ ।


‘देश र जनताले यति ठूलो बिपत्तिको सामना गर्नु परेको दुःखद घडीमा विपत्तिमा परेका जनतालाई सहयोग पु¥याउनु प्रत्येक नेपालीको कर्तब्यप्रति सचेत रहन सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदछौं’–प्रेस विज्ञप्तिमा भनिएको छ–‘नदी कटान, डुबान र पहिरोका कारण उत्पन्न प्रकोपले मुलुक नै शोकमा रहेको यस दुःखद घडीमा धैर्य रहेर क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न आग्रह गर्दछौं ।’
‘प्रकोपमा परी घाइते भएकाहरुको निशुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग जोडदार माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘ बाढीका कारण भत्किएका, बिग्रिएका भौतिक संरचना द्रुत गतिमा पुनःनिर्माण गरी अवरुद्ध सडक खुलाएर जनजीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउँदछौ ।’
जल उत्पन्न प्रकोपका कारण मुलुकभर १७ अर्ब बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क रहेको उल्लेख गर्दै विज्ञप्तिमा दुईसय १० बढीले ज्यान गुमाउनुपरेको जनाइएको छ । जल उत्पन्न प्रकोपका कारण जीवन गुमाउन बाध्य नागरिकप्रति नेपाली कांग्रेस झापाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमार्फत शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरिएको छ ।
प्रकोपका कारण उत्पन्न विषम परिस्थितिमा हवाई तथा स्थल यातायात भाडा नबढाउन, उपभोग्य सामग्री र स्वास्थ्य सामग्री सुपथ मूल्य, सर्वसुलभ ढङ्गमा उपलब्ध गराउन सम्बन्धित सबैलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ । विज्ञप्तिमार्फत विपत्तीमा परेका जनताको उद्धार, राहत र पुनस्र्थापना कार्यमा खटिन नेपाली कांग्रेस पार्टी, भातृ तथा शुभेच्छुक संघसंस्थाका सबैमा आग्रह गरिएको छ ।
साथै जल उत्पन्न प्रकोपका कारण प्राकृतिक बिपत्तिमा परी धेरै जन–धनको क्षती भएको अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय बमोजिम यसबर्षको बडादशैमा पार्टीका कुनैपनि इकाइ तथा भातृ संघ–संस्थाहरुले राहत, उद्धार र पुनस्र्थापनबाहेक शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आगामी असोज ३० ९कोजाग्रत पुर्णिमा० सम्म नगर्न/नगराउन पनि मातहतका निकायलाई आग्रह गरिएको छ । बैठकमा पार्टीका पदाधिकारी र क्षेत्रीय सभापतिहरुको उपस्थिति रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजलउत्पन्न प्रकोप पीडितको उपचार, उद्धार, राहत र पुनस्र्थापनामा जुट्न कांग्रेस झापाको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img