HomeFeatured 2वन दिवसको अवसरमा भद्रपुरमा वतृत्वकला प्रतियोगिता

वन दिवसको अवसरमा भद्रपुरमा वतृत्वकला प्रतियोगिता

भद्रपुर २२ साउन । राष्ट्रिय वन दिवस २०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । आजको सन्दर्भमा सामुदायिक वन शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थी बीच प्रतिष्पर्धात्मक रूपमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।
९ वटा विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा भद्रपुर ३ स्थित अरनिको माविकी छात्रा प्रतिभा सुवेदी प्रथम, भद्रपुर २ स्थित सरस्वती माविकी छात्रा मञ्जिला वि क दोस्रो, भद्रपुर ७ स्थित एमरेल्ड माविकी छात्रा आर्जु गिरी तेस्रो र भद्रपुर २ स्थित होलील्याण्ड माविकी छात्रा अनुषा अधिकारी तथा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माविकी छात्रा दिपिका ढकालले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
महासंघका नगर अध्यक्ष जीवन वास्तोलाको अध्यक्षता तथा भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सव वन डिभिजन रङ्गे डाँडाका प्रमुख राजु खड्का, भद्रपुर नगरपालिका वन तथा वातावरण शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, वन महासंघ कोशी प्रदेश न्यायिक समिति सदस्य घनश्याम खनाल लगायतले मन्तव्य राख्दै वन तथा वातावरण संरक्षणका बारेमा विद्यालय तहमै प्रष्ट विचार दिन सक्ने शिक्षा आजको अवश्यकता रहेको बताएका थिए ।
महासंघकी कोषाध्यक्ष मञ्जु खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विजेता वक्ताहरूलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वन दिवसको अवसरमा भद्रपुरमा वतृत्वकला प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img