भद्रपुर २० साउन । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून ब्यवसायी संगठन (पीपीएलए) झापाको अधिवेशनले पुनः चित्रबहादुर मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बिर्तामोडमा सम्पन्न संगठनको चौथो अधिवेशनले मगरलाई जिल्ला अध्यक्षमा पुन चयन गरेको हो । कानून ब्यवसायीहरुको संगठनको जिल्ला उपाध्यक्षमा दिपेन्द्र भटराई, सचिवमा देवेन्द्र भण्डारी, महिला सचिवमा कविता शर्मा र कोषाध्यक्षमा दिपककुमार निरौलालाई चयन गरेको अधिवक्ता तथा संगठनकी केन्द्रीय सदस्य हेमकला कटेलले जानकारी दिए । यसै गरी सदस्यहरुमा नारायण चौलागाई, डिल्ली राजवंशी, अर्जुनकुमार बस्नेत, चुडामणी पराजुली, कोपिला अधिकारी र नरेश खाती सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीले अहिलेको संविधानको शासकीय स्वरुप परिर्वतन गर्न आवश्यक रहेको बताए ।०७२ सालमा बनेको नेपालको संविधान सबै दलहरुको सहमतिमा आएको हुँदा त्यहाँ भित्र ऐन, कानुन र विनियमावली सबै रहेको अध्यक्ष गिरीले बताए ।अहिलेको आवश्यकता भएको हुँदा सत्ता पक्ष एमाले र काग्रेसले संविधान संशोधन आवश्यक रहेको उनले बताए ।
संगठनको अध्यक्ष मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अधिवक्ता तथा एमाले केन्द्रीय निर्वाचन समिति सदस्य टंक उप्रेतीले न्याय पालिकामा शुद्धीकरण आवश्यक रहेको बताए । सक्षम अदालत पनि आवश्यक रहेको उप्रेतीको भनाई छ ।
अधिवक्ता तथा बुद्धिजीवी परिषद झापा अध्यक्ष गजेन्द्र आचार्य, नेपाल वार एसोसिएन झापा अध्यक्ष नारायण भटराई,नेपाली काग्रेस निकट प्रजातान्त्रिक कानुन ब्यवसायी संगठन झापा अध्यक्ष यज्ञ प्रसाद अधिकारी,नेकपा माओवादी निकट गणतान्त्रिक कानुन ब्यवसायी संगठन झापा अध्यक्ष नरबहादुर लिङदेन,मानव अधिकार एलायन्स झापा अध्यक्ष प्रेमा भटराई र अखिल नेपाल महिला संगठन झापाको उपाध्यक्ष रेनुका डाँगी लगायतले सरकारले न्यायलायमा नेताको आसेपासे,नजिकको मान्छे भन्दा पनि कानुनको विज्ञलाई नियुक्ति गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
पीपीएलएको अध्यक्षमा पुन: चित्रबहादुर मगर

































































































