Homeसमाचारनेवा: देय् दवु र अखिल भारतीय नेवार संगठनको ऐतिहासिक बिचार गोष्ठी...

नेवा: देय् दवु र अखिल भारतीय नेवार संगठनको ऐतिहासिक बिचार गोष्ठी सम्पन्न

बिर्तामोड, श्रावण १९ ,नेवा संगठन नेवा: देय् दवु र अखिल भारतीय नेवार संगठनको ऐतिहासिक बिचार गोष्ठी झापाको बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएकाे छ ।
अध्यक्ष द्वय नेवा :देय दवुका केन्द्रीय अध्यक्ष पवित्र बज्रचार्य र अखिल भारतीय नेवार संगठनका केन्द्रीय अध्यक्ष :सुर्य नारायण प्रधानले संयुक्त रूपमा पानसमा बत्ती बालेर देय् दवुको पाचौं केन्द्रीय समिति बैंठक तथा अन्तर्राष्ट्रिय विचार गोष्ठीको उद्घाटन गरे । कार्यक्रममा नेपाल तथा भारतमा बसोवास गर्दै आएका नेवा समुदाय बीच आफनो जातीय भाषा, कला संस्कृति, भेषभूषा, खानपान, चाडपर्व संरक्षण र सम्बद्र्धनका बिषयमा अन्तरक्रिया गरिएकाे थियो।
नेपालमा नेवार जातिको कुल जनसंख्या , राजनीतिक, आर्थिक , सामाजिक अवस्था , नेपाल भाषाको प्रयोग ,सरकारी तहमा नेवार जातिको पहुँच विगत र वर्तमान समेटिएको कार्य पत्र देय् दवुका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितले र भारतमा बसोवास गर्दै आएका नेवारहरूको अवस्था समेटिएको कार्य पत्र अखिल भारतीय नेवार संगठनका महासचिव श्याम श्रेष्ठले प्रस्तुत गरेका थिए ।
गोष्ठीमा नेवा:सास्कृतिक सहकार्य, अध्ययन अनुसन्धान, भाईचाराको विकास, बिपदमा आपसी पारस्परिक सरसहयोग लगायतका बुँदा समेटिएको समझदारी पत्रमा दुई संगठन बीच हस्ताक्षर भएको छ ।
दुई संगठनका प्रमुख देय् दवु केन्द्रीय अध्यक्ष बज्रचार्य र भारतीय नेवार संगठनका केन्द्रीय अध्यक्ष प्रधानले उक्त समझदारी पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल भारतीय नेवार संगठन केन्द्रिय अध्यक्ष प्रधानले नेवारको जरा र ईतिहास नेपालमै भएको उल्लेख गर्दै विश्वभरिका नेवार सांस्कृतिक रूपमा एक जुट हुन यो समझदारी भएको स्पष्ट पारे। पारस्परिक सहायताको उद्देष्य राखेर भाषादेखि मृत्यु सम्मका संस्कार विश्वभर एउटै अवलम्बन गर्न पनि यो कदमले चालिएको उनको भनाई थियो।
नेवा:देय् दवु नगर समिति र नेवा: पासा मुना पुच झापाले व्यवस्थापन गरेको गोष्ठीको संयोजन देय् दवु झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठले गरेकी थिइन् । स्वागत तथा औचित्य माथि प्रकाश देय् दवु केन्द्रीय सचिव तथा अन्तर्राष्ट्रिय विभाग संयोजक दिनेश शाक्यले र संचालन देय दवु महासचिव सत्य नारायण डंगोलले गरेका थिए । कार्यक्रममा नेपालका तर्फबाट देय दवुका मेची देखी महाकालीसम्मका र अखिल नेपाल भारतका तर्फबाट सिक्किम , दार्जिलिङ,आसाम लगायतका संगठन प्रमुख देखि विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको गोष्ठीमा अखिल भारतीय नेवार संगठनको तर्फबाट देयदवुलाई संगठनको झण्डा साथमा विधान र देयदवुका तर्फबाट भारत संगठनलाई दोलखा भिमेश्वरको पसिना पुछिएको कपास महाप्रसादका रूपमा र कुसुण्डा मायाको चिनो स्वरूप हस्तान्तरण गरिएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेवा: देय् दवु र अखिल भारतीय नेवार संगठनको ऐतिहासिक बिचार गोष्ठी...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img