Homeसमाचारसाना मझौला सहकारी संस्थाको स्थापना दिवसमा विविध कार्यक्रम

साना मझौला सहकारी संस्थाको स्थापना दिवसमा विविध कार्यक्रम

बिर्तामोड १५ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला सहकारी संस्थाको १४ औं स्थापना दिवसका अवसरमा विद्यालय केन्द्रीत कार्यक्रम गरी मनाइएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा बिर्तामोड नगरपालिका–२ स्थित साङ्गवेद संस्कृत विद्यालय तथा कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको हिमाली माविमा विशेष कार्यक्रम गरी मनाएको हो ।
हिमाली मावि लक्ष्मीपुरको विशेष कक्षामा अध्ययनरत विशेष क्षमताहरुलाई खेलकुदका सामग्रीहरु फुटबल, भलिबल, चेस, क्रिकेट लगायतका खेलकुद सामग्री, विद्यार्थी, शिक्षकहरुमा फलफूल तथा खाद्य सामग्री समेत वितरण गरेको थियो ।
साना मझौला सहकारी संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा हिमाली माविका प्रधानअध्यापक घनश्याम निरौलाको प्रमुख आतिथ्य तथा स्रोत शिक्षक हरिप्रसाद अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


संस्थाका सल्लाहकार समिति संयोजक राजेन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवीप्रसाद अधिकारी, सहसचिव प्रेम अधिकारी, सदस्य कृपा खड्का, सहप्रधानाध्यापक खड्गराज कार्की, शिक्षाप्रेमी पूर्व शिक्षक चन्द्रमणी हुमागाँई लगायत संस्थाका पदाधिकारीहरुको सक्रिय उपिस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकुमार भट्टराइले गरेका थिए ।
यसैगरी विवेकाश्रम सांङ्गवेद संस्कृत पाठशालामा भएको छुट्टै कार्यक्रमको सभापतित्व अध्यक्ष निरौला बस्नेतले गर्नु भएको थियो भन प्रमुख अतिथिका रुपमा पाठशाला व्यवस्थापन समितिका अध्यक्ष पण्डित छन्दुराम भण्डारी साथै विशिष्ट अतिथिका रुपमा प्रधानाध्यापक कविराज रेग्मीले गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष देवीप्रसाद अधिकारीले गरेको कार्यक्रममा साङ्गवेद संस्कृत पाठशालाको अक्षयकोषमा एकलाखको कोष स्थापना पुर्याउने प्रतिवद्धता बमोजिम गतवर्ष देखि शुरु कोषमा ४० हजार रुपैयाँ हस्तान्तरण गरेको बताइएको छ ।
संस्थाले स्थापना दिवसकै अवसर पारेर विर्तामोडस्थित परोपकार अनुसन्धान केन्द्रमा आश्रित बृद्धबृद्धालाई सामुहिक भोजन समेत गराएको संस्थाका सचिव भट्टराईले जानकारी दिए । तीनवटा सेवा केन्द्र रहेको साना मझौला सहकारीमा हाल ८ हजार बढी शेयर सदस्य रहेका छन् भने ७ करोड शेयर पूँजी रहेको संस्थामा २१ करोड निक्षेप तथा ३० करोड कर्जा लगानी रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना मझौला सहकारी संस्थाको स्थापना दिवसमा विविध कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img