बिर्तामोड १४ असार । महिलाहरुको हक अधिकार स्थापित तथा सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको महिला सुरक्षा दवाव समुह नेपाल झापा शाखाको कार्यालय स्थापना भएको छ । अन्यायमा परेका महिलाहरुलाई न्याय दिलाउँदै सुरक्षाको प्रत्याभूति गराउने उदेश्यले विगत दुईदशकयता काम गर्दै आएको समुहले आज (शुक्रवार) बिर्तामोडमा सचिवालयको कार्यालय स्थापना गरेको हो ।
कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका हुन् । बर्षौदेखि महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै आएको समुहले अझ ससक्त रुपमा काम गर्ने संकल्पसहित बिर्तामोडमा कार्यालय सञ्चालन स्थापना गरेको हो ।
शारदा रिजालको अध्यक्षतामा रहेको नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा लीला मैनाली, महासचिवमा नैनाकला भट्टराई, सचिवमा कन्चना सिटौला र सरु भुर्तेल खनाल तथा कोषाध्यक्षमा शान्ता रोक्का रहेका छन् । त्यस्तै सदस्यमा कमला भट्टराई, बिना तामाङ र लक्ष्मी नेपाली रहेको अध्यक्ष रिजालले जानकारी दिइन् ।
समुहले महिलामाथि हुने अन्याय अत्याचार बिरुद्ध आवाज उठाउँदै न्याय दिलाउने अध्यक्षसहित कार्यसमितिले प्रतिबद्धतासमेत जनाएका छन् । सोही अवसरमा विश्वकै सर्वोच्च शिखर सगरमाथा बेसक्याम, मानसरोवर, एबीसी अन्नपूर्ण लगायतका हिमालको सफल आरोहण गरेकी मिरा कार्की खड्कालाई एक साहसी महिलाको रुपमा प्रशंसा पत्रले सम्मानसमेत गरिएको थियो । शारदा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ झापा शाखाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गिरीलगायतले प्रशंसापत्रले मिरालाई सम्मान गरेका थिए ।
स्वागत उपाध्यक्ष लीला मैनालीले गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, सम्मानीत ब्यक्तित्व मिरा, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, बीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओली, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहकी अध्यक्ष तिलोत्तमा खत्रीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव नैनाकला भट्टराईले गरेकी थिइन् ।
महिला सुरक्षा दबाब समूहको कार्यालय उद्घाटन, हिमाल आरोही खड्कालाई सम्मान



















