HomeFeatured 2त्रिदेवको जमिनमा वृक्षारोपण र धान रोपाईँ कार्यक्रम

त्रिदेवको जमिनमा वृक्षारोपण र धान रोपाईँ कार्यक्रम

चारआली असार| राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसर पारेर डिभिजन वन कार्यालय चन्द्रगढी झापाको आयोजना तथा त्रिदेव बहुमुखी क्याम्पसको सहआयोजनामा त्रिदेव बहुमुखी क्याम्पसको एक बिगाहा जमिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
`भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण’ भन्ने मूल नाराका साथ यस वर्ष देशभर असार १४ गते छैठौं राष्ट्रिय वृक्षरोपण दिवस मनाइरहँदा त्रिदेव बहुमुखी क्याम्पसको जग्गा परिसरमा २०० बढी बिरुवा रोपेर वृक्षारोपण दिवस मनाएको हो।


डिभिजन वन कार्यालय चन्द्रगढीका प्रमुख मेघराज राईको अध्यक्षता, त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव प्याकुरेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन साेही क्याम्पसकी व्यवस्थापन विभाग प्रमुख तथा प्राध्यापक संघका सभापति सावित्रा दाहालले गरेकी थिइन् । कार्यक्रममा सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारीले वृक्षारोपणको महत्वबारे जानकारी गराउँदै क्याम्पसले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गरे। उक्त कार्यक्रममा, त्रिदेव बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे , सञ्चालक सदस्य जमुना खरेल, आसपास त आसपासका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरू डिभिजन वन कार्यालयका अधिकृत स्तरका कर्मचारी लगायत कर्मचारीहरु त्रिदेव बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न र कृषिप्रति सकारात्मक सोचको विकास गराउनका लागि आफ्नो जग्गामा धान रोपाई कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
क्याम्पसको जमिनलाई सदुपयोग गर्दै बहुआयामिक र बहुआम्दानीको स्रोतको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रहालयको स्थापना गर्ने क्याम्पस प्रमुख माधव प्याकुरेलले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2त्रिदेवको जमिनमा वृक्षारोपण र धान रोपाईँ कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img