Homeसमाचारयुनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

काठमाडौं २४ जेठ | नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो ।

No description available.

युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् । महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिए पछि युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ । सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयुनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img