HomeFeatured 2मनप्रसाद–गोमा स्मृतिग्रन्थ विमोचन

मनप्रसाद–गोमा स्मृतिग्रन्थ विमोचन

बिर्तामोड २४ जेठ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच मनप्रसाद गोमा स्मृतिग्रन्थ विमोचन गरिएको छ ।
मनप्रसाद र गोमाका जेठा छोरा होम भट्टराईको अध्यक्षता तथा ९५ वर्षीय बयोबृद्ध नन्दिकेशर तिमिल्सिना प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहितका अतिथिहरूले पुस्तकको विमोचन गरेका थिए । मनप्रसाद–गोमा स्मृतिग्रन्थ पुण्यप्रसाद सिग्देल र हरिनारायण भट्टराईले सम्पादन गरेको पुस्तकको प्रकाशक कान्छा छोरा गोपीकृष्ण भट्टराई रहेका छन् ।
आफ्नै पूर्खा र परिस्थितिलाई खोतलेर, संघर्षशील जीवनको भयावह परिस्थिति र जीवन जिउने क्रममा गरिने संघर्षका वास्तविक कथालाई समेटिएको बताइएको छ ।
स्मृति ग्रन्थ व्यवस्थापन समितिकी ब्यवस्थापक सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईँले समीक्षा गरेका थिए ।
स्मृतिग्रन्थले पारिवारिक संघर्षका कथा मात्रै नभइ तत्कालीन संस्कृति र परम्परालाई समेत उजागर गर्ने स्मृतिग्रन्थका सम्पादक पुण्यप्रसाद सिग्देलले बताए । सिग्देलका अनुसार भारतीय आर्मीमा कुशलतापूर्वक जिम्मेवारी निभाएर सम्मानित भएका रहेका मनप्रसाद सामाजिक न्याय र तत्कालीन समाजमा देखिएको ज्यादती विरूद्ध लड्ने एक हक्की स्वभावका व्यक्तित्वको रुपमा चित्रित गरिएको छ ।
शुभकामना मन्तव्य प्रमुख अतिथि पं. नन्दिकेशर तिम्सिना, अग्रज सामाजिक व्यक्तित्व हरि ओझा, कोटीहोम धार्मिक तथा पर्यटकीय क्षेत्रका अध्यक्ष शेरबहादुर थापा पुन्य पौडेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा १०२ वर्षीय पं. मुक्तिनाथ तिमिल्सिना, ९५ वर्षीय पं. नन्दिकेशर तिम्सिना, केदारप्रसाद सिग्देल, टिकादेवी न्यौपाने ढुङ्गानालाई सम्मान गरिएको कार्यक्रममा मिना अधिकारीले स्मृतिग्रन्थमै समेटिएको कविता वाचन गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मनप्रसाद–गोमा स्मृतिग्रन्थ विमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img