HomeFeatured 2लागुऔषध दुर्व्यसन तथा ओसारपसार र जोखिम सम्बन्धी’ सचेतनामूलक सम्पन्न

लागुऔषध दुर्व्यसन तथा ओसारपसार र जोखिम सम्बन्धी’ सचेतनामूलक सम्पन्न

बिर्तामोड २५ जेठ । बिर्तामोड नगरपालिका वडा नं ५ मा ‘लागूऔषध दुर्व्यसन ओसारपसार तथ नियन्त्रण’ बिषयक सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
नारी संचार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा सम्पन्न सचेतना मुलक कार्यक्रममा बिर्तामोड ५ नं. वडाभित्र बसोबास गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने ११५ जना बढी किशोर किशोरीको सहभागिता रहेको थियो ।


नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको सचेतनामुलक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईंले पछिल्लो समय बिर्तामोड क्षेत्रमा पनि लागू ओैषध दुव्यसनको असर र किशोर किशोरीको संलग्नता बढेको देखिएको बताउँदै चिन्ता व्यक्त गरे ।
भविष्यका कर्णधारका रूपमा रहेका किशोर किशोरीलाई लागू ओैषध दुर्व्यसनबाट बचाउनु सबैको दायित्व रहेको उल्लेख गर्दै बालबालिका पनि सचेत हुन जरूरी रहेको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक युवराज ढकालले साथी संगतिका कारण पनि किशोर किशोरीमा दुर्व्यसनको कुलतमा फस्नबाट बच्न बेलाबेलामा गरिने चेतनामूलक कार्यक्रमले ठूलो मद्दत पुग्ने धारणा राखे ।
सहजीकरण ईलाका प्रहरी बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बु र सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् ।


सहभागि बिधार्थीहरूलाई लागुऔषध के हो रु किशोर किशोरीहरु कसरी दुर्व्यसनीमा फस्न पुग्छन् ? फसेकाहरूलाई कसरी बाहिर निकाल्न सकिन्छ रु लगायतका बिषयमा जानकारी दिईएको थियो ‌।
कार्यक्रम पछि सहभागीका तर्फबाट प्रतिक्रया दिदै गृष्मा भुजेलले दुर्व्यसन सम्बन्धि धेरै नयाँ र उपयोगी कुराहरू सुन्न र जान्न पाएको बताउँदै आफू सधैं सजग र सचेत रहने प्रतिक्रिया दिइन । अर्का सहभागी बसन्तले नजानी नजानी कुलतमा पुग्न सकिने खतराबाट टाढा रहनका लागि राम्रो कार्यक्रम भएको बताए ।
कार्यक्रम संयोजक दिपा पोखरेलले स्वागत गरेकी कार्यक्रमको सञ्चालन सहसचिव ज्योस्ना श्रेष्ठले गरेको आयोजक संस्थाकी सदस्य सञ्जु शिवाकोटीले जानकारी दिइन ।
विद्यालयका प्रधानअध्यापक अम्बिका श्रेष्ठ, आयोजक संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार इन्दु पूर्वेली, लीला खनाल लगायतको उपस्थिति रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले लैङ्गिक हिंसा तथा चेलिबेटी बेचबिखनको अवस्था र कानुनी व्यवस्थाबारे जानकारी दिएको बिनिशा शर्माले बताइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लागुऔषध दुर्व्यसन तथा ओसारपसार र जोखिम सम्बन्धी’ सचेतनामूलक सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img