HomeFeatured 2बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई बाख्रा वितरण

बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई बाख्रा वितरण

बिर्तामोड २५ बैशाख । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउm बोकासमेत वितरण गरिएको जनाइएको छ।
नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरेको जानकारी दिइन । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ यता २ सय २५ वटा खोर निर्माण गरेको नगरले जनाएको छ ।
नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । यस कार्यक्रम अन्तरगत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समुहमा १५ जना अनिवार्य छ । समूहका सबै सदस्यलाई तीन तीन वटाको दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरीसकेपछि अर्को वर्ष समूहका सबैले तीन तीन वटाकै दरले बाख्रा नगरलाई बुझाउनु पर्छ । यसरी प्राप्त गरेको बाख्रा फेरी नगरले बाख्रा माग गर्ने महिला कृषकहरुलाई वितरण गर्छ ।
नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसंगै विमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको शाखा प्रमुख दाहालले बताइन्। सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले बिर्तामोड २ को ओम नवज्योती कृषक समूहका महिलाहरुलाई ४५ वटा बाख्रा वितरण गरेको छ । बिर्तामोड ८ को जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएको ४५ वटा बाख्रा नवज्योतीलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले समूहलाई बाख्रा हस्तान्तरण गरिन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले कृषक महिलाहरुको आर्थिक जीवनस्तर उकास्न सघाउ पुर्याउने उद्देश्यले वाख्रा वितरण गरिँदै आएको बताउँदै उनले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न आग्रह गरिन् ।
यस्तै वडाअध्यक्ष किशोरकुमार पौडेलले बाख्रा वितरण कार्यक्रम प्रभावकारी भएको बताए । बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै थप बजारीकरणको लागी उत्पादनमा जोड दिन आग्रह गरे । थप अन्य समूहलाई पनि बाख्रा वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई बाख्रा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img