इन्दु पूर्बेली
लुकाएर खुशी आफ्ना सन्तानलाई खुवाउने
सबै सामर्थ्य लाएर सबल् सक्षम् बनाउने ।
सारा सस्कार दिएर जग चिन्न सिकाउने
आमा हुन धरती जस्ती जगतै झल्मलाउने ।
सृष्टिको प्यारो शब्द हो ‘आमा’ वात्सल्य प्रेमको
प्रशंसा गरी सकिन्न आमा’ हार्दिक्य भावको ।
‘आमा’ छ्न र त सृष्टि त्यो चलिरन्छ निरन्तर
‘आमा’ बिनाको आकाश–धरती अन्धकार छ ।
माता तीर्थ औशीको सबैमा शुभकामना ।