HomeFeatured 2महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा बास्तोला

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा बास्तोला

बिर्तामोड बैशाख । विविध कारणले केही वर्ष सुस्ताएको महिलाहरुको हकअधिकारका लागि स्थापित संस्था ‘महिला मानवअधिकार रक्षक सञ्जाल झापा’को पुनःगठन भएको छ ।
अधिवक्ता कविता बास्तोलाको अध्यक्षतामा पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनमोल, सहसचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जली सिन्हा ठकुरी चयन भएका छन् ।
नौ सदस्यीय कार्यसमितिको सदस्यहरुमो शिखा खड्का गणेश, सनम राजवंशी,
चञ्चला सुब्वा र दुर्गा आचार्य रहेका छन् ।
संस्थाले सोमबार पत्रकार सम्मेलन गरी समिति पुर्नगठनबारे जानकारी दिएको हो । समितिको सल्लाहकारमा कोशी प्रदेश पूर्वसांसद जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोका र अधिवक्ता शान्ता पाठक
तिम्सिना रहेका छन् ।
महिलाका अधिकारका विषयलाई अघि ल्याउन सञ्जालले भूमिका निर्वाह गर्ने उद्देश्य राखेको संस्थाले २०६४ सालदेखि महिला मानवअधिकारको क्षेत्रमा वकालत गर्दै आएको बताइएको छ ।
कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, इन्सेकका नरेश खाती, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला उद्यमी पार्वता बिमली, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीलगायतले शुभकामना दिएका थिए । सञ्जालले आफ्नो कार्यक्रम निर्धारित समयमा नै शुरु गर्ने जनाएको छ ।
महिलाहरुमाथि हुने घरेलु हिंसा, महिला अधिकार उल्लङ्घन, विभेदलगायतका बिषयमा कार्य गर्दै त्यस्ता समस्या सामुहिक रुपमा अन्त्य गर्ने उद्देश्यले सञ्जालको पुनःगठन गरिएको बताइएको छ ।
पुर्नगठित समितिको सार्वजनिक कार्यक्रममा स्वागत सञ्जालकी उपाध्यक्ष कमला भट्टराईले गरेकी थिइन् भने सञ्चालन सचिव लीला अनमोलले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा बास्तोला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img