Homeसमाचारबाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिएको खुशीमा बिर्तामाेडमा...

बाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिएको खुशीमा बिर्तामाेडमा दिप प्रज्ज्वलन

बिर्तामोड २४ बैशाख । बाग्मती प्रदेश सरकार मन्त्रीपरिषदले बाग्मती प्रदेशमा सरकारी काम काजको निमित्त नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिएको खुशियालीमा आज साँझ नेवा: पासा मुना:पुच बिर्तामोड, नेपाल तामाङ घेदुङ नगर कार्य समिति बिर्तामोड र नेपाल घेदुङ जिल्ला समन्वय समिति झापाले संयुक्त रूपमा मुक्ति चौकमा दिप प्रज्वलन गरेका छन्।
नेवा देय:दवु जिल्ला अध्यक्ष रत्न कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा झापा इन्चार्ज पदम बहादुर तामाङ्गको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेवा देय:दवु प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, नेवा पासा मुना: पुच बिर्तामोड अध्यक्ष ‌दिनेश श्रेष्ठ,नेवा देय:दवु बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठ ,नेवा देय: दवुका संस्थापक कृष्ण उदास लगायत नेवाः बन्धुहरु र आदिवासी जनजाति महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेवा पासा मुना पुच बिर्तामोडले लाखे नाच प्रदर्शन गरेको थियो । लाखे नाच सहित उपस्थित भेलाले मुक्ति चौक परिक्रमा गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिएको खुशीमा बिर्तामाेडमा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img