बिर्तामोड १५ बैशाख । वडा सदस्यहरुको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका तालिम, गोष्ठीले काममा आत्मविश्वास् बढ्ने बताइन् । तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने नगर प्रमुख प्रसाईको धारणा थियो ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा सुविधा दिनुपर्नेमा जोड दिए । स्थानिय सरकारको सुशासन दिने कुरामा ५५ जना जनप्रतिनिधि नै लागेको उनको भनाई थियो ।
विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानिय सुशासन र जवाफ देहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भुमिका, उपभोक्ता समिति र लेखा पद्दति लगायतका विषयमा तालिम प्रदान गरिनेछ । नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैर सरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिब विजय तिम्सिनाले प्रशिक्षण दिने जनाइएको छ ।
गैर सरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहाभागिता जनाएका छन् । तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्णप्रसाद दंगाल, महासंघका केन्द्रिय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाद्वारा जनप्रतिनिधिलाई क्षमता विकास तालिम



















