HomeFeatured 2प्रविधिबाट हुने जोखिम र कानूनी व्यवस्थाबारे सचेत हुन जरुरी

प्रविधिबाट हुने जोखिम र कानूनी व्यवस्थाबारे सचेत हुन जरुरी

बिर्तामोड १४ बैशाख । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।


नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए ।
पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको प्रयोगबाट हुने अपराध र त्यस बिरुद्ध भएका कानूनी व्यवस्थाबारे सबैले सचेत हुन आवश्यकता ठानेरको उल्लेख गर्दै ध्यानपूर्वक सिक्न र सिकेको कुरा अरुलाई पनि शेयर गर्न सुझाए ।


बिर्तामोड पालिका ४ नं. वडा समितिको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, जानी नजानी हुने कमीकमजोरीका कारण भोग्नुपर्ने समस्या र कानूनमा भएका व्यवस्थाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बूले सहजीकरण गरेका थिए ।
बिर्तामोड नगरपालिका वडा नं।–४ का टोलविकास संस्थाका प्रतिनिधि, तथा झापाका विभिन्न क्षेत्रका किशोर किशोरी, विद्यार्थी, अभिभावक तथा शिक्षकसहित ११० जनाको सहभागीता रहेको आयोजक संस्थाकी सदस्य दिपा पोखरेलले जानकारी दिइन ।
कार्यक्रम संयोजक स्वस्तिका आचार्यको स्वागत तथा जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाल, नेपाल महिला उद्यमशील संघ नेपालकी अध्यक्ष पार्वता खरेल विमली, टोल विकास संस्थाका तर्फबाट सूर्यप्रसाद मैनाली लगायतले आ–आफ्ना धारणा राखेको कार्यक्रममा नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, महिला मुक्ति अभियानकी कोषाध्यक्ष भगवती मेचे, यादव ओली लगायतको उपस्थिति रहेको थियो ।


विषय वस्तु महत्वपूर्ण भएको उल्लेख गर्दै सिकाईमा ध्यान दिन आग्रह गरे । त्यस्तै टोल विकास संस्थाका तर्फबाट सूर्यप्रशाद मैनालीले आफूलाई खड्की राखेको विषय बस्तुबारे केही कुरा जान्न पाउँदा खुशी लागेको बताउँदै सबै सचेत हुन आवश्यकता औल्याए । नारी सञ्चार गृहले समसामयिक विषयमा स्थानीय तहसंग समन्वय गरेर छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रविधिबाट हुने जोखिम र कानूनी व्यवस्थाबारे सचेत हुन जरुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img