‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्टिय नारा सहित अन्य मुलुकमा झै नेपालमा पनि यस वर्षको ८ मार्च भब्य रूपमा मनाइदैछ । दिवसका नाममा कतै नाचगान, कतै भजन–कीर्तन, कतै सेल्फी ! टिकटक बन्द भए पनि कतै रिल मार्फत मनाईरहेका छौ। श्रम, समय, उचित पारिश्रमिक र मताधिकारसग जोडिएको यो दिवसको मुल मर्म नै हामी कतै बिर्सिरहेका त छैनौ ? यतिबेला म जर्मनकी ति साहासी महिला क्लारा जेटकिनलाई सम्झिरहेकी छु।
लागिरहेको छ की उनको ११४ बर्ष अगाडिको आन्दोलनले कति सार्थकता पायो ? र कति पाउन बाकी छ ? एक पटक सोचौं त ! मेरो मानसपटलमा अन्तरद्वन्द्वको घर्षण भईरहेको छ। श्रमसग जोडिएको दिवस छ तर हामी त्यहि श्रम सानो र ठुलो भनेर तौलिरहेका छौ। हामी अन्यायमा पर्यौ भन्छौ तर न्याय प्राप्तिका लागि ठोस कदम चाल्दैनौ। आर्थिक रूपमा सवल हुनुपर्छ भनेर भाषण गर्छौ तर उत्पादन र रोजगारसग जोडिने परिवेश बनाउदैनौ। समान अवसरको कुरा गर्छौ तर क्षमता भएका महिलाहरूलाई आफ्नो प्रतिस्पर्धि बन्ने वा आफूभन्दा तहमा पुग्ने हो र नमस्कार पो गर्नुपर्ने हो भनेर डराउँछौं र पाखा लगाउछौ। के क्लाराको चाहना यस्तै थियो त ?
११४ बर्ष अगाडीको यो प्रयत्नले धेरै परिवर्तन त भएकै छ तर पर्याप्त छैन। अब भाषणमुखी कार्यक्रम भन्दा श्रममुखी कामलाई प्राथमिकता दिनुपर्छ। समुन्नत समाजको निर्माण गर्ने हो भने खोक्रा कपटयुक्त भाषण होइन् समय र श्रमलाई मनबाट सम्मान गर्नुपर्छ। समय र श्रम अनुसारको पारिश्रमिक निर्धारण गरिनुपर्छ । सभा, सम्मेलन, बैठकका नाममा हुने समयको बर्वाद गर्नुभन्दा उत्पादनमुखी काममा धेरै समय प्रयोग गर्नु आजको आवश्यकता हो । इच्छाशक्ति प्रबल बनाएर उत्पादन र रोजगारमा जोडिन सक्नुपर्छ। आआफ्नो क्षमता र दक्षता अनुसारको काम गर्न तत्पर हुनु पर्छ। खुट्टा हैन हात तान्नु पर्छ। मनोरंजन मात्र हैन अध्यायन पनि गर्नु पर्छ।सहजतामा मात्र हैन चुनौति सग पनि खेल्नु पर्छ।अनि मात्र क्लाराजेटकिनको समतामूलक समाज निर्माण को सपना साकार हुनेछ।
हरेक दिवस आफैमा महत्वपूर्ण छन ११
यो दिवसको पनि मुल मर्मलाई नबङ्याउ११
कुरामा भन्दा काममा बिश्वास गरौ ११
११४औ अन्तरराष्ट्रीय श्रमिक महिला दिवसको
सम्पूर्णमा
८ मार्चको मर्म र क्रियाकलाप
