बिर्तामोड २४ फागुन । नेपाल महिला संघ २ नं. क्षेत्रीय समितिको आयोजनामा ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस नेपाली कांङ्ग्रेस झापाको कार्यालयमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्री सुशिला ढकाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाँर्इ, महासमिति सदस्य सीता पौडेल, नेपाल महिला संघ पूर्ब अध्यक्ष यज्ञकुमारी सिटौला, नेपाली काङ्ग्रेस झापाका सदस्री सरस्वती सिटौला, पार्बता विमली, नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
दुई महिला संघ क्षेत्रीय समितिका अध्यक्ष मनु बिश्वकर्माको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन प्रभा पौडेलले गरेकी थिइन् ।
नेपाल महिला संघको आयोजनामा नारी दिवस सम्बन्धी कार्यक्रम सम्पन्न



















